६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमोर्चा रुपन्देही अध्यक्ष टानबहादुर केसीको निधन



अ+ अ-

बुटवल। भाइटीका लगाउने क्रममा बेहोस भएका राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको निधन भएको छ ।

बिहीबार मध्यान्ह भाइटिका लगाउँदै गरेका केसी अचानक बेहोस भएपछि अस्पताल पुर्‍याउँदै गर्दा उनको निधन भएको हो ।

राजमो रुपन्देहीका नेता गङ्गालाल सापकोटाका अनुसार बुटवल-१९ स्थित आफ्नै निवासमा भाइटिका लगाउँदै गर्दा ५० वर्षीय केसी बेहोस भएर ढलेका थिए ।

उनलाई उपचारका लागि बुटवल हस्पिटल प्रालिमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका अस्पतालका सूचना अधिकारी विक्रम खड्काले जानकारी दिए ।

केसीको निधनप्रति नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गर्दै दु:ख व्यक्त गरेका छन्।