४ भाद्र २०८३, बिहीबार
,
Latest
इरानमा विदेशी नागरिकलाई मृत्युदण्ड ‘सिंहदरबारमा होइन, स्थानीय तहमा बढी छ भ्रष्टाचार’ ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’ खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका वैदेशिक सहायता राष्ट्रिय प्रणालीमार्फत परिचालन गर्न लेखा समितिको निर्देशन क्यासिनोमा होटलको १० प्रतिशत सेयर अनिवार्य गर्ने व्यवस्था हटाउन हानको माग कर्णालीको विकासका लागि साझा प्रतिबद्धता आवश्यक : प्रदेश प्रमुख जोशी ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड ग्यासको कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन गर्न सांसदहरूको माग गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा हमासले बन्धक बनाएका थाइ नागरिकको शव स्वदेश ल्याइयो



अ+ अ-

बैङ्कक। सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा मारिएका र गाजामा हमासद्वारा कब्जा गरिएका थाइ कृषि मजदुरको शव बिहीबार थाइल्यान्ड फिर्ता पठाइएको अधिकारीहरूले बताएका छन्।

इजरायल र हमासबीच भएको युद्धविरामको सम्झौताका क्रममा सोन्थाया ओक्खराश्रीको अवशेष बिहीबार साँझ तेल अभिभबाट बैङ्ककको सुवर्णभूमि विमानस्थलमा आइपुगेको छ ।

इजरायली अधिकारीहरूले सोन्थायाको शव प्राप्त यसै हप्ता प्राप्त गरेको र औपचारिक रूपमा उनको पहिचान भएको बताएका छन् ।

युद्धविराम सम्झौता अन्तर्गत हमासले अन्तिम २० जीवित बन्धकहरूलाई फिर्ता गरेको छ र अहिलेसम्म मारिएका अन्य २८ मध्ये १५ जनालाई रिहा गरेको छ।

थाइल्यान्डको श्रम मन्त्रालयका अनुसार इजरायलमा करिब ३० हजार थाइ नागरिक कृषि क्षेत्रमा काम गर्छन् । सोन्थाया ३० वर्षका थिए र उनी बेरी किबुत्जमा काम गर्थे । उनको सन् २०२३ मा इजरायलमा भएको आक्रमणमा मृत्यु भएको थियो तर उनको लास आक्रमणकारी हमासले mलगेका थिए ।

थाइल्यान्डका श्रम मन्त्री ट्रिनुच थिएन्थोङ र थाइल्यान्डका लागि इजरायलका राजदूत अलोना फिसर–कामले बिहीबार विमानस्थलमा सोन्थायाको पार्थिव शरीरलाई स्वदेश फर्काउन माल्यार्पण गर्नुभएको थियो ।

सोन्थायाकी आमाले स्थानीय सञ्चारमाध्यमसँग भन्नुभयो, “छोराको मृत्युले मलाई स्तब्ध बनाएको छ । छोराको शव उत्तरी नोङ बुआ लाम्फू प्रान्तमा रहेको गृहनगर फर्किएका छ । यसका लागि आभारी छु।”

उनको शवलाई बौद्ध परम्पराअनुसार अन्त्येष्टिका लागि पठाइने र थाइ सरकारले उनको परिवारलाई ५४ हजार डलरसम्मको क्षतिपूर्ति प्रदान गर्ने स्थानीय अनलाइन पत्रिका थाइरथले जनाएको छ ।

थाई विदेश मन्त्रालयले बिहीबार एएफपीलाई दिएको जानकारीअनुसार दुई वर्षदेखि जारी द्वन्द्वमा ४७ थाई नागरिकको मृत्यु भएको छ ।

युद्ध सुरु भएयता गाजामा कम्तीमा ६८ हजार २३४ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हमासको सन् २०२३ को आक्रमणमा एक हजार २२१ जनाको मृत्यु भएको थियो, जसमा अधिकांश सर्वसाधारण नागरिक थिए । (रासस/एएफपी)