६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा भाइटीका महोत्सव



ÕW
अ+ अ-

कास्की। होटल सङ्घ पोखरा नेपालद्वारा तिहारको अवसरमा आज लेकसाइडमा आयोजना गरेको १८औँ भाइटीका महोत्सवमा एक सयभन्दा बढी पर्यटकले सहभागिता जनाएका छन् ।

महोत्सवमा १५ भन्दा बढी देशका पर्यटकले भाइटीका लगाएका आयोजक सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । सङ्घले पोखरा र सिङ्गो नेपालको पर्यटन प्रवद्र्धन र संस्कृतिको संरक्षणका लागि विविध महोत्सव आयोजना गर्दैआएको उल्लेख गर्दै उहाँले यस पटक  भाइटीका महोत्सवमा पर्यटकको उल्लेख्य सहभागिताका कारण विशेष बन्न पुगेको बताउनुभयो ।

महोत्सवमा ‘रेन्वो चिल्ड्रेन होम’का छात्राहरुले पर्यटकलाई टीका लगाइदिएका थिए । सहभागी पर्यटकलाई नेपाली ढाका टोपी र पछ्यौरा उपहार प्रदान गरिएको थियो । पर्यटकहरुले सेलरोटीलगायत नेपाली परिकार खानुका साथै देउसो भैलो पनि खेलेका थिए ।

सप्तरङ्गी टीका लगाएका पर्यटकहरु नौलो अनुभव लिन पाएको भन्दै दङ्ग थिए । अष्ट्रेलियाबाट आउनुभएकी पर्यटक एनीले आफू धेरै पटक नेपाल आएको र यस पटक नेपाल आएर टीका लगाउन पाउँदा हर्षित भएको प्रतिक्रिया दिनुभयो । नेपाल सांस्कृतिक रुपमा धनी रहेको र नेपालीको अतिथि सत्कारबाट आफू प्रभावित भएको उहाँको भनाइ थियो ।

संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो । पछिल्लो पटक देशको विषम परिस्थितिका कारण पर्यटन क्षेत्र समेत प्रभावित हुन पुगेको उल्लेख गर्दै महोत्सवले पर्यटनलाई पुरानै लयमा फर्काउन मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।