६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वसन्तपुरमा सामूहिक भाइटीका



अ+ अ-

काठमाडौँ। विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा अञ्जली मास्केले २०८ दाजुभाइलाई २७औँ वर्षको सामूहिक टीका लगाइदिनुभएको छ ।

दिदीबहिनी नभएका दाजुभाइलाई मास्केले २०५५ सालदेखि दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै भाइटीका लगाइदिँदै आउनुभएको छ ।

जातपात नहेरी भाइटीका गर्न नपाएकालाई टीका लगाइदिएर संस्कृति र संस्कार बचाउँदै आएको उहाँले राससलाई जानकारी दिनुभयो ।

मास्केले २०७१ सालको तिहारसम्म काष्ठमण्डपमा सामूहिक रुपमा टीका लगाइदिनुहुन्थ्यो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले काष्ठमण्डप भत्केपछि भने उहाँले मरुसत्तलमा टीका लगाउन थाल्नुभएको हो ।

काष्ठमण्डप पुनःनिर्माण सम्पन्न भए पनि विवादका कारण नखुलेपछि उहाँले मरुसत्तलमै टीका लगाउने कार्यलाई निरन्तरता दिँदै आउनुभएको छ ।