११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सरकारले निर्वाचनको वातावरण नबनाई आफ्नो आयु लम्ब्याउने खेलमा लागेको छ : प्रभु साह

सरकारले निर्वाचनको वातावरण नबनाई आफ्नो आयु लम्ब्याउने खेलमा लागेको छ : प्रभु साह
अ अ+ अ-

रौतहट। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकार जेनजी आन्दोलनको माग पूरा गर्न असफल भएको टिप्पणी गरेका छन ।

हिन्दुहरूको महान् पर्व दीपावली, पर्व छठको अवसरमा आज (बिहीबार) रौतहटको कटहरिया नगरपालिका–५ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आजपा अध्यक्ष साहले सरकारमा जेनजी वा जेनजी आन्दोलनका सहिद परिवारबाट सरकारमा प्रतिनिधित्व हुनुपर्ने बताए ।

`सुशीला कार्की नेतृत्वको सरकार जेनजी आन्दोलनको बलमा बनेको छ । तर यो सरकार जेनजी आन्दोलनको माग सम्बोधन गर्न पुर्णतया असफल भएकोछ,´ आजपा अध्यक्ष साहले भने, `जेनजीको माग केवल एउटा सरकार हटाएर अर्को सरकार बनाउनु थिएन । प्रत्येक्ष निर्वाचित कार्यकारीको व्यवस्था, भ्रष्टाचरीलाई कारबाही, हत्यारालाई कारबाही लगायतका माग सम्बोधन गर्न सरकारले चासो नै दिएन ।´

वर्तमान सरकारले निर्वाचनको वातावरण नबनाई आफ्नो आयु लम्ब्याउने खेलमा लागेको उनले बताए । तर तोकिएको मितिमा जसरी पनि निर्वाचन सम्पन्न गराउन आजपाले जनदबाब सृजना गर्ने र यिनिहरुको कान समातेर पनि निर्वाचन गराउने उनले बताए । जेनजी आन्दोलनका हत्याराहरु खुलेयाम घुम्दै गर्दा सुशीला कार्की नेतृत्वको सरकार रमिते बनेको टिप्पणी साहले गरे ।

नेपालमा परिवर्तनका विभिन्न ऐतिहासिक आन्दोलनहरू मध्ये नयाँ पुस्ताको जेनजी आन्दोलनले देशमा सत्य र न्यायको पक्षमा निर्णायक मोड ल्याएको उनल्र बताए।

`देश र संसारमा लामो आन्दोलनको इतिहास छ– राणा विरुद्धको आन्दोलन, माओवादी जनआन्दोलन, मधेस आन्दोलन वर्षौँ चले। तर नेपालको दुई दिनको ,जेनजी आन्दोलनले युवाको जीत र भ्रष्टाचारको अन्त्यको सङ्केत दिएको छ । वर्तमान सरकारले यसलाई गम्भीर रुपमा बुझ्न आवश्यक छ,´ आजपा अध्यक्ष साहले भने ।

पूर्वमन्त्री साहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले जेनजी आन्दोलनमा गरेको दमनलाई `इतिहासकै गल्ती´भन्दै ओलीलाई हत्यारा र भ्रष्टाचारीको प्रतीकका रूपमा व्याख्या गरे ।

साहले जेनजी आन्दोलनलाई नयाँ राजनीतिक युगको सुरुवात भन्दै दलतन्त्र र लुटतन्त्र समाप्त पार्ने आन्दोलनको स्वरूपमा व्याख्या समेत गरे । उनले तीन वर्ष अघि पार्टीगत टिकट अस्वीकार गरी स्वतन्त्र रूपमा जनताको मतबाट जितेको प्रसङ्ग स्मरण गर्दै जनताको विश्वास नै आफ्नो शक्ति भएको बताए ।

`तीन वर्षदेखि सदनदेखि सडकसम्म म जनताको हकहितमा आवाज उठाउँदै आएको छु। भन्सार, सरकारको मनोमानी कर आतंक, वैदेशिक रोजगारको ठगी, सहकारी पीडित, किसान र सुकुम्वासीका सवालमा लड्दै आएको छु। यो लडाइँ अझै पूरा भएको छैन, षड्यन्त्र जारी छ तर सत्य अन्ततः जित्नेछ,´ साहले भने ।