३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

हराउँदै तिहारको मौलिकताः अङ्ग्रेजी र हिन्दी गीतमा देउसीभैलो

हराउँदै तिहारको मौलिकताः अङ्ग्रेजी र हिन्दी गीतमा देउसीभैलो
अ+ अ-

ढोरपाटन । तिहार पर्वसँग देउसीभैलोको नजिकको सम्बन्ध छ । जब तिहार सुरु हुन्छ, तब गाउँसहर जताततै देउसीभैलोको रौनक सुरु हुन्छ । यसपालि पनि यमपञ्चक सुरु भएसँगै गाउँ तथा सहर सबैतिर देउसीभैलोको रौनक छ । यतिबेला बालबालिकादेखि बूढापाकासम्म देउसीभैलोमा झुमिरहेका छन् ।

गाउँ, टोल र छिमेक भैलीमय बनेको छ । तर देउसीभैलोको मौलिकता भने हरेक वर्ष हराउँदै गएको छ । एक सातादेखि बागलुङ बजारका चोकचोकमा देउसीभैलो खेल्नेहरूको भीड लागेको छभने गाउँमा पनि उस्तै छ ।

भैलो खेल्दा गाउने गीत र नाचिने नाचमा अचेल कुनै मौलिकता भने देख्न पाइँदैन । तिहार पर्वसँग मादल, बासुरी, खैजडीलगायत बाजा र मौलिक गीत जोडिएका हुन्छन् । तर भैलो खेल्नेहरूले ती वाद्यवादनका सामग्री बजाउन जोडेका स्थानीय ज्येष्ठ नागरिक बताउँछन् । पुराना सोरठी, मारुनी र कौरा नाच पनि देखाउने गरेको पाइँदैन । यानीमाया, सुनियामा र झ्याउरे गीत पनि सुनिदैन ।

पछिल्लो समय गाउँघरमा ‘रेकर्डेड’ पप, आधुनिक र र्याप गीतमा देउसीभैलो खेल्ने र नाच्ने प्रचलन बढेको निसीखोला गाउँपालिका–४ का थमबहादुर पुन मगरले बताउनुभयो । तिहार पर्व र देउसीभौलोमा गाइँने मौलिक गीत लोप हुँदै जानुका साथै आधुनिकताले प्रभावित गरेको उहाँको भनाइ छ ।

“पहिले देउसीमा नाचिने सोरठी, मारुनी नाच अहिले देख्न पनि छाडिसके । पप, ¥याप र विदेशी भाषाका गीतमा नाच्ने उनीहरूको पहिरनमा मौलिक संस्कृति झल्कने त कुरै भएन । उनीहरूले आधा शरीर पनि नढाक्ने कपडा लगाएका हुन्छन् । केही त अझ परिवारसँगै भएर हेर्नसमेत नसकिने हुन्छन्”, मगरले भन्नुभयो ।

पश्चिमा संस्कृतिको प्रभावले देउसीभैलोको मौलिकता हराउँदै गएको उहाँको भनाइ छ । घर्तीमगरले मादल, बाँसुरी, खैँजडीलगायतका बाजाको माध्यमबाट कथाव्यथा प्रस्तुत हुने देउसीभैलोमा हिजोआज विकृति मिसिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीहरू मारुनी, सोरठी नाच्ने गथ्र्यौँ, अचेल हरेक वर्ष देउसीभैलोमा मौलिकता हराउँदै गएको छ, बजारमा गीत बजाएर नाचेर भैलो खेले पनि गाउँमा त्यो चलन आइसकेको थिएन, तर अहिले गाउँमा पनि भित्रिसक्यो”, उहाँले भन्नुभयो, “हाम्रा पालमा देउसीभैलोमा मादल, बाँसुरी, खैजडी बजाएर नाच्ने, मौलिक गीतहरू गाउने गरिन्थ्यो, अहिले ती गीत सुन्नै छाडियो, सायद अब सुनिदैनन् ।”

एक दशक अगाडिसम्म मौलिक गीत, बाजा र कपडा पहिरिएर देउसीभैलो खेले पनि अहिले दुर्गम गाउँबाहेक अरु ठाउँमा देख्न नपाइने बडिगाड गाउँपालिका–८ का प्रेमबहादुर काउचाले बताउनुभयो । आधुनिक प्रविधिको विकास र देखासिकीका कारण मौलिकता हराएको उहाँको भनाइ छ ।

तिहार पर्व र देउसीभैलोले नेपालीहरूको पहिचान बोकेको भन्दै पछिल्लो समय पहिचान गुम्ने खतरा बढेको उहाँले बताउनुभयो । मौलिक कला, संस्कृतिको संरक्षणतर्फ युवापुस्ताको चासो नहुँदा पश्चिमा संस्कृति हाबी भएको काउचाको बुझाइ छ । स्थानीय तहले कला, संस्कृति संरक्षण अभियान सञ्चालन गरी युवा पुस्तामा हस्तान्तरण गरेमा मौलिक परम्परा जगर्ने हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “अहिले तिहारमा गीत गाउन पनि नपर्ने बजाउन पनि नपर्ने, साउण्ड सिस्टममा गीत बजायो नाच्यो, गीत पनि केके हुन् केके केही बुझिदैन । हामीहरू पुरानो संस्कृतिअनुसार देउसीभैलो खेल्थ्यौँ, बाउबाजेले हामीहरूलाई सिकाउनुभयो, उहाँहरूले सिकाएको संस्कार अहिलेसम्म रह्यो, अहिले हाम्रा कयौँ संस्कृतिहरू लोप भएका छन्, कयौँ लोप हुने अवस्थामा पुगेका छन् ।” यस्ता कला, संस्कृति र मौलिकता संरक्षण सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा उहाँले जोड दिनुभयो ।