३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

विश्व व्यापार प्रणाली दुर्घटनाको जोखिममा : राष्ट्रसङ्घ प्रमुख

विश्व व्यापार प्रणाली दुर्घटनाको जोखिममा : राष्ट्रसङ्घ प्रमुख
अ+ अ-

जेनेभा। उदीयमान राष्ट्रहरूको बढ्दो ऋण, भारी कर र वित्तीय असुरक्षाका कारण नियममा आधारित अन्तर्राष्ट्रिय व्यापार प्रणाली खतरामा परेको संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले बुधबार चेतावनी दिनुभएको छ।

गुटेर्रेसले धेरै देशहरू ऋणको सङ्कटमा फसेको र स्वास्थ्य र शिक्षामा भन्दा ऋण दाताहरूको सेवामा बढी रकम खर्च गरिरहेको बताउनुभयो ।

“विश्वव्यापी ऋण बढेको छ । गरिबी र भोकमरी अहिले पनि व्याप्त छ । अन्तर्राष्ट्रिय वित्तीय संरचनाले विकासोन्मुख देशहरूका लागि पर्याप्त सुरक्षा कवच प्रदान गरिरहेको छैन र नियममा आधारित व्यापार प्रणाली गलत बाटोमा जाने जोखिममा छ,” महासचिव गुटेर्रेसले जेनेभामा व्यापार र विकाससम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भन्नुभयो ।

गुटेर्रेसले भन्नुभयो, “व्यापार र विकासले परिवर्तनको आँधीबेहरीको सामना गरिरहेको र विश्वव्यापी वृद्धिको तीन चौथाइ अहिले विकासशील देशबाट आएको छ, सेवाजन्य व्यापारमा वृद्धि भइरहेको छ र नयाँ प्रविधिले विश्व अर्थतन्त्रलाई बढावा दिइरहेको छ ।”

यद्यपि भूराजनीतिक विभाजन, असमानता, द्वन्द्व र जलवायु सङ्कटले प्रगतिलाई सीमित बनाइरहेको संयुक्त राष्ट्रसङ्घका महासचिवले बताउनुभएको छ।

उथलपुथलमा अर्थतन्त्र

यसबाहेक, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अन्य देशहरूमाथि व्यापक कर वृद्धि गरेको छ, जसले विश्वभर व्यापार तनाव निम्त्याएको छ।

गुटेर्रेसले भन्नुभयो, “संरक्षणवाद केही परिस्थितिहरूमा अपरिहार्य हुन सक्छ तर यो तर्कसङ्गत हुनुपर्छ।” संयुक्त राष्ट्रसङ्घका प्रमुखले अनिश्चितता बढिरहेको, लगानी घट्ने र आपूर्ति श्रृङ्खलामा उथलपुथल मच्चिएको भन्दै विकासोन्मुख देशहरूमा ‘छोटो–छोटो परिवर्तन’ जारी रहेको चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, “व्यापार अवरोधहरू बढिरहेका छन्, केही कम विकसित देशहरूले ४० प्रतिशतको करको सामना गरिरहेका छन्, जबकि उनीहरूको विश्वव्यापी व्यापार प्रवाहको एक प्रतिशत मात्र प्रतिनिधित्व रहन्छ।“

“हामी वस्तुका लागि व्यापार युद्धको बढ्दो जोखिम देख्छौँ । हामी जनताको समृद्धि र कल्याणमा भन्दा मृत्युमा बढी लगानी गरिरहेका छौँ भन्नै सैन्य खर्चको प्रवृत्तिले देखाउँछ।”

गुटेर्रेसले यी खतराहरूको सामना गर्दै अघि बढुदा अन्तर्राष्ट्रिय कार्यका लागि चार प्राथमिकताहरू रहेको बताउनुभयो । ‘निष्पक्ष विश्वव्यापी व्यापार र लगानी प्रणाली, विकासशील देशहरूको लागि वित्तीयकरण, अर्थव्यवस्थालाई प्रोत्साहित गर्न प्रविधि र नवीनता, र जलवायु उद्देश्यहरूसँग व्यापार नीतिहरू संरेखित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।