१७ भाद्र २०८३, बुधबार
,
Latest
भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटमा परी ३५ जनाको मृत्यु, दर्जनौं घाइते



अ+ अ-

 नाइजेरिया। मध्य नाइजेरियाको नाइजर राज्यमा पेट्रोल बोकेको एउटा ट्याङ्कर दुर्घटना हुँदा कम्तीमा ३५ जनाको मृत्यु हुनुका साथै अन्य ४६ जना घाइते भएका छन् ।

नाइजरको काचा क्षेत्रको एस्सा गाउँमा केही बासिन्दाले पल्टिएको ट्याङ्करबाट पेट्रोल निकाल्न भेला भएका समय ट्याङ्कर विस्फोट हुँदा ठूलो मानवीय क्षति हुन पुगेको संघीय सडक सुरक्षा विभागका सेक्टर कमान्डर आइशातु साडुले बताउनुभयो ।

“पेट्रोल ट्याङ्कर दुर्घटना भएपछि पेट्रोल केही बासिन्दाले पल्टिएको ट्याङ्करबाट पेट्रोल निकाल्न भेला भएका समय ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको र अन्य ४५ जना घाइते भएका छन्,” प्रहरीको प्रारम्भिक अनुसन्धानपछि सादुले भन्नुभयो । उहाँले भन्नुभयो, “घाइतेमध्ये धेरै जना गम्भीर रूपमा जलेको अवस्थामा उपचारका लागि अस्पताल लगिएको छ।

मङ्गलबार राति जारी एक विज्ञप्तिमा नाइजर राज्यका गभर्नर मोहम्मद उमर बागोले यो त्रासदीलाई ‘चिन्ताजनक, दुर्भाग्यपूर्ण र दयनीय’ भन्नुभएको छ।(रासस/एएफपी)