काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध रहेको बताउनु भएको छ ।
आगामी निर्वाचनको तयारीका विषयमा छलफल गर्न बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री कार्कीले यस्तो प्रतिबद्धता जनाउनु भएको हो ।
निर्वाचनका लागिअहोरात्र खटिएर काम गरिरहेको जानकारी गराउदै उहाँले अब जेनजी र दलहरू संगै बसौँ ।
दलहरूसँग संवादमा केही ढिलाइ भएको भन्दै उहाँले त्यसको कारणका बारेमा पनि प्रष्टिकरण दिनु भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइका कारण सम्बादमा समय लागेको हो ।
सचिवालयका अनुसार सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै नरुचाएको रराष्ट्रपतिबाट संवादको ढोका खोलिदिएपछि सहज भएको छ ।
छलफलमा प्रधानमन्त्री कार्कीले भन्नुभयो “जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ। चुनाव सफल बनाउन सबैले आआफ्नो तर्फबाट भूमिका खेलौँ । दल हरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार छ ।”










