१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसवर्ष झापामा हुनसकेन बजार अनुगमन



अ+ अ-

झापा। जेनजी आन्दोलन पछिको असहज परिस्थितिका कारण यसपटक जिल्लामा बजारको अनुगमन हुनसकेन । दसैँ र तिहार दुवै पर्वका बेला बजारको अनुगमन कसैले गरेनन् ।

बजारको स्वच्छताका लागि नियमित रूपमा बजार अनुगमन गर्दै आएका पालिकाहरु भदौ २४ गते आगजनी र तोडफोड भएपछि आफैँ विस्थापित अवस्थामा पुगे । अनुगमन टोलीको मुख्य सरोकारवाला प्रहरीका भवन जलेका छन् भने कतिपय हतियार भीडले लुटेर लगेको अवस्था छ ।

“अनुगमन गर्ने अवस्था नै रहेन,” विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र सङ्ग्रौला भन्नुहुन्छ, “नगरपालिका र प्रहरीका कार्यालय ध्वस्त भएका छन् ।

यस्तो विषम परिस्थितिमा अनुगमन कसरी गर्नु ? नगरपालिकाले अनेक प्रयत्न गरेर नागरिकलाई अतिआवश्यक सेवा प्रदान गर्ने कार्य बल्ल सुरु गरेको छ ।” झापाका १५ पालिकामध्ये १४ वटा पालिकामा जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएको थियो भने दर्जनौँ प्रहरी चौकी र इलाका प्रहरी कार्यालय त्यस्तै आगजनी र तोडफोडको सिकार भएका थिए ।

यसअघि विर्तामोड नगरपालिका बजार अनुगमनमा अन्य पालिकाको तुलनामा बढी सक्रिय रहँदै आएको थियो । कृषि थोक बजारमा विषादी अवशेष जाँचेर मात्र तरकारी तथा फलफूलको बिक्री वितरण गर्न दिइने कडा व्यवस्था लागू भइरहेको थियो ।

बजारको स्वच्छताका लागि अगुगमन गर्ने अधिकार स्थानीय पालिकाहरूले पाएका छन् । झापाको विर्तामोड, शिवसताक्षी लगायतका केही पालिकाले फर्मालिन रसायन प्रयोग भएको माछा बिक्री गर्न नपाइने नियम लागू गर्दै आएका थिए । जेनजी आन्दोलनपछिको असहज अवस्थामा मरेका माछाको बिक्री वितरण खुल्ला रूपमा हुने गरेको छ ।

जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी तेजप्रकाश प्रसाइँले प्रशासनको समन्वयमा स्थानीय पालिकाले बजार अनुगमन गर्दै आएको जनाउँदै जेनजी आन्दोलन र त्यसपछि बाढीको समस्याका कारण सबैको ध्यान उद्धार, राहत र उपचारमा गएको बताउनुभयो । “असोज १८ देखि २० गतेसम्मको अविरल वर्षाका कारण झापामा बाढी र डुबानको समस्या विकराल बन्यो,” सहायक प्रजिअसमेत रहनुभएका प्रसाइँले भन्नुभयो, “बजार अनुगमनभन्दा बाढी प्रभावितको राहत र उद्धारमा ध्यान दिनुपर्ने अवस्था आयो ।”

जेनजी आन्दोलनपछि बजार अनुगमनले निरन्तरता पाउन नसके पनि उपभोक्ताबाट कुनै गुनासो र उजुरी नआएको उहाँले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले कालो बजारी, कृत्रिम अभाव, अखाद्य वस्तुको मिसावट, नापतौलमा ठगीलगायत उपभोक्ता हितविपरीतका गतिविधि नगर्न सार्वजनिक रूपमा आग्रह गर्दै आएको उहाँले बताउनुभयो ।

उपभोक्ता जागरण अभियान नेपालका झापा अध्यक्ष शालिकराम भट्टराईले अनुगमनको अभावमा बजारमा अराजकता फैलिएको बताउनुभयो । “व्यापारीले जति भाउ बढाए पनि भएकै छ, कसैको नियन्त्रण छैन,” उहाँ भन्नुहुन्छ, “बजार पूरै अराजक बनेको छ । तरकारी, खाद्य वस्तु, यातायात भाडा लगायतको मूल्यवृद्धि आकासिएको छ ।” उहाँले स्थानीय पालिकालाई तत्काल बजार अनुगमन गरेर उपभोक्ताको हितमा काम गर्न आग्रह गर्नुभएको छ । रासस