२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रम फैलाएको आरोपमा स्वागत नेपाललाई साइबर ब्यूरोले बोलायो



अ+ अ-

काठमाडौं । भ्रम फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले अधिवक्ता स्वागत नेपाललाई सोधपुछ गर्न बोलाएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध भ्रम फैलाएको आरोप साइबर ब्यूरोले लगाएको हो । सांसद नभएको व्यक्ति र प्रधानन्यायाधीश भइसकेको व्यक्ति प्रधानमन्त्री हुनु नहुने भन्दै अधिवक्ता नेपालले आलोचना गरेका थिए ।

केही दिन अघि यो संविधानले कार्कीलाई प्रधानमन्त्री बन्न दिँदैन, आफैले प्रधानमन्त्री बन्न हुँदैन भनेको विषयमा आफैं प्रधानमन्त्री भएको भन्दै प्रधानमन्त्री कार्कीको आलोचना गरेका थिए ।

अधिवक्ता नेपालले आफूलाई प्रहरीले सोमबार फोन गरेर साइबर ब्यूरोमा आउन आग्रह गरेको बताए । ‘म आजै आउ कि भनेको तर तिहार मानेर आउनूस् भन्नुभएको छ, तिहारपछि जान्छु काठमाडौं बाहिर नजान आग्रह गरेको छ’, उनले भने ।

अधिवक्ता रहेका नेपाल राजावादी आन्दोलनका अगुवासमेत हुन् । गत चैत १५ गते पनि राजावादी आन्दोलनका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।