२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक्ष्मीपूजाको साँझ: लौ झिलिमिली -फोटो फिचर 



अ+ अ-

काठमाडौं । तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ घर कार्यलयहरु  झिलिमिली बत्तीले सजाइएको छ । जसका कारण मुलुकका बिभिन्न भाग नजिकका डाँडाहरुबाट मनमोहक देखिएको छ ।

अहिले हरेक घर, टोल र पूरै उपत्यका बत्तीले सजाइएको छ । तिहारलाई विशेष गरी उज्यालो पर्वको रुपमा समेत लिने गरिन्छ । आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिएको छ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाई गरी दीपावली गरिन्छ ।

फोटो -रासस

तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ जनकपुरधामस्थित झिलिमिली जानकी मन्दिरमा दीप बाल्दै सर्वसाधारण । तस्बिर : अमरेन्द्रकुमार यादव / रासस

तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ ड्रोन क्यामेराबाट खिचिएको दाङको सदरमुकाम घोराही बजारमा देखिएको बत्तीको झिलिमिली । तस्बिर : कुलदीप न्यौपाने/रासस

तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ ड्रोन क्यामेराबाट खिचिएको दाङको सदरमुकाम घोराही बजारमा देखिएको बत्तीको झिलिमिली । तस्बिर : कुलदीप न्यौपाने/रासस

तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ स्यम्भू महाचैत्य परिसरबाट देखिएको काठमाडाैँ उपत्यकामा बत्तीको झिलिमिली। तस्बिर :रत्न श्रेष्ठ / रासस
तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ स्यम्भू महाचैत्य परिसरबाट देखिएको काठमाडाैँ उपत्यकामा बत्तीको झिलिमिली। तस्बिर :रत्न श्रेष्ठ / रासस