११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक्ष्मीपूजाको साँझ: लौ झिलिमिली -फोटो फिचर 



अ+ अ-

काठमाडौं । तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ घर कार्यलयहरु  झिलिमिली बत्तीले सजाइएको छ । जसका कारण मुलुकका बिभिन्न भाग नजिकका डाँडाहरुबाट मनमोहक देखिएको छ ।

अहिले हरेक घर, टोल र पूरै उपत्यका बत्तीले सजाइएको छ । तिहारलाई विशेष गरी उज्यालो पर्वको रुपमा समेत लिने गरिन्छ । आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिएको छ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाई गरी दीपावली गरिन्छ ।

फोटो -रासस

तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ जनकपुरधामस्थित झिलिमिली जानकी मन्दिरमा दीप बाल्दै सर्वसाधारण । तस्बिर : अमरेन्द्रकुमार यादव / रासस

तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ ड्रोन क्यामेराबाट खिचिएको दाङको सदरमुकाम घोराही बजारमा देखिएको बत्तीको झिलिमिली । तस्बिर : कुलदीप न्यौपाने/रासस

तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ ड्रोन क्यामेराबाट खिचिएको दाङको सदरमुकाम घोराही बजारमा देखिएको बत्तीको झिलिमिली । तस्बिर : कुलदीप न्यौपाने/रासस

तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ स्यम्भू महाचैत्य परिसरबाट देखिएको काठमाडाैँ उपत्यकामा बत्तीको झिलिमिली। तस्बिर :रत्न श्रेष्ठ / रासस
तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ स्यम्भू महाचैत्य परिसरबाट देखिएको काठमाडाैँ उपत्यकामा बत्तीको झिलिमिली। तस्बिर :रत्न श्रेष्ठ / रासस