११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

नर्सहरूको आन्दोलनमा ‘मायाको पहिचान नेपाल’को ऐक्यबद्धता

नर्सहरूको आन्दोलनमा ‘मायाको पहिचान नेपाल’को ऐक्यबद्धता
अ अ+ अ-

काठमाडौं। देशभर जारी नर्सहरूको आन्दोलनप्रति ‘मायाको पहिचान नेपाल’ले पूर्ण ऐक्यबद्धता जनाएको छ। नर्सहरूको न्यायोचित मागहरूलाई समर्थन गर्दै सरकारले तत्काल समाधान गर्नुपर्ने माग गरेको छ।

मायाको पहिचान नेपालले निकालेको वक्तव्यमा भनिएको छ “दिनरात बिरामीको ज्यान बचाउन आफ्ना जीवन समर्पित गर्ने नर्सहरू अहिले आफ्नै अस्तित्वका लागि सडकमा सङ्घर्ष गर्न बाध्य भएका छन्, जुन अत्यन्त दुःखद र लज्जास्पद अवस्था हो।”

हाल नेपाल नर्सिङ सङ्घको संयोजकत्वमा नर्सहरूले स्थायी दरबन्दी, जीवनयापन गर्न सक्ने न्यूनतम तलब, सुरक्षित कार्य वातावरण र पेसागत मर्यादाको माग गर्दै देशभर विरोध प्रदर्शन गरिरहेका छन्। आन्दोलनरत नर्सहरूले सरकारलाई पटक–पटक चेतावनी दिँदै आए पनि माग पूरा नभएपछि उनीहरू सडकमा निस्कन बाध्य भएका हुन्।

नर्सहरूले सरकारबाट तलब वृद्धि, सेवा–सुविधा र कामको स्थायित्वबारे ठोस योजना नआएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। उनीहरूले स्वास्थ्य क्षेत्रमा श्रमिकको सम्मान र सुरक्षाको सुनिश्चितता नगर्ने सरकारी रवैयाको कडा आलोचना गर्दै आएका छन्।

‘मायाको पहिचान नेपाल’ले जारी वक्तव्यमा राज्य र सरकारको प्रमुख दायित्व नागरिकको स्वास्थ्य र स्वास्थ्यकर्मीको सम्मान हुने बताएको छ। वक्तव्यमा भनिएको छ “सरकारले नर्सहरूको शोषणलाई बेवास्ता गर्दै उनीहरूलाई न्यून तलब र असमान व्यवहारको दलदलमा धकेलेको छ, जसले नेपालको स्वास्थ्य प्रणालीको नैतिकता र मानवतामा गम्भीर प्रश्न उठाएको छ।”

संस्थाले नर्सहरूको आन्दोलनलाई न्यायपूर्ण र व्यवहारिक ठहर गर्दै सरकारलाई तत्काल माग सम्बोधन गर्न आग्रह गरेको छ। वक्तव्यमा भनिएको छ, “जीवनयापन गर्न सक्ने तलब, सुरक्षित कार्य वातावरण, पेसागत मर्यादा र स्थायित्वका माग कुनै कृपा होइनन्, मौलिक अधिकार हुन्।”

‘मायाको पहिचान नेपाल’ले नर्सहरूको माग तुरुन्त पूरा गर्न, उनीहरूलाई योग्य तलब र सुविधा सुनिश्चित गर्न, र स्वास्थ्यकर्मीहरूको सम्मान र मर्यादा पुनर्स्थापित गर्न सरकारसँग आग्रह गरेको छ

वक्तव्यमा भनिएको छ, “हामी नर्सहरूको सङ्घर्षसँग एक मन, एक आवाज भएर उभिएका छौँ। न्यायको यो लडाइँ नर्सहरूको मात्र होइन, सम्पूर्ण श्रमिक वर्गको लडाइँ हो।”

‘मायाको पहिचान नेपाल’ लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको सशक्तीकरण र समानताको अभियानमा सक्रिय संस्था हो, जसले विगतमा पनि स्वास्थ्यकर्मी, महिला श्रमिक र सामाजिक न्यायका मुद्दामा निरन्तर आवाज उठाउँदै आएको छ।