२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानुङकोटलाई पर्यटकीयग्राम बनाउन पहल



फाइल फोटो
अ+ अ-

तनहुँ, ३ कात्तिकः यहाँको व्यास नगरपालिकाले वडा नं ५ स्थित पर्यटकीयग्राम मानुङकोटमा पहाडी बस्ती विकास कार्यक्रमको योजना अघि बढाएको छ ।

प्रसिद्ध पर्यटकीय क्षेत्र मानुङकोटमा एकीकृत जग्गा विकास आयोजनाअन्तर्गत विकासका योजना अघि सारिएको हो । पर्यटकीयग्राम बनाउने उद्देश्यले नगर विकास कोषको बजेटमा स्थलगत सम्भाव्यता अध्ययन भइरहेको आयोजना प्रमुख इञ्जिनियर रवीन्द्र मुलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहाडी बस्ती विकासमा यो स्थान पहिलो रहेको छ, पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नगरपालिकाले प्रक्रिया अघि बढाइसकेको छ ।”

जाडो महिनामा मानुङकोटमा पर्यटकको भीड हुने व्यास–५ वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “मानुङकोटको विशेषता भनेको जाडोयामको हो, जाडो याममा कुहिरोले ढपक्क ढोकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्न विभिन्न ठाउँबाट पर्यटक आउँछन् ।”

जाडो मौसममा भने दैनिक सयौँको सङ्ख्यामा पर्यटक मानुङकोट पुग्ने गरेका छन् । मानुङकोटमा पर्यटकको चहलपहल बढेपछि होटल खुुल्ने क्रम पनि बढिरहेको छ ।

मानुङकोटबाट धौलागिरि, माछापुच्छ«्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन् ।

दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका बासिन्दाले गाउँ छाडेका थिए। बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ ।

मानुङकोट जाने सडक कालोपत्र भइसकेको छ । सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको हो । अलैँचेबाट मानुङकोटसम्मको चार हजार ३०० मिटर सडक कालोपत्र भएको हो । कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा १८० मिटर आरसिसी ढलान गरिएको छ ।

सङ्घीय सरकारबाट चालु वर्षमा रु दुई करोड बजेट विनियोजन भएपछि यस स्थानमा पानी पु-याउने कार्य भइरहेको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले समपूरक योजनाअन्तर्गत खानेपानी योजनालाई प्राथमिकतामा राखेर मानुङकोटमा खानेपानीको ट्याङ्की निर्माण भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँको खानेपानीको समस्या सम्बोधन गर्न नगरपालिका प्रतिबद्ध छ । हामी स्थानीयलाई यही फर्कने वातावरण बनाउँदैछौँ । यहाँको खानेपानी समस्या सम्बोधन हुँदैछ ।”रासस




भर्खरै