६ पुष २०८२, आईतवार
,
Latest
‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनकोशीमा डुबेर सात वर्षीया बालिका बेपत्ता



अ+ अ-

गाईघाट। यहाँको त्रियुगा नगरपालिका–१४ स्थित ढुङ्ग्रेका सात वर्षीया बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता हुनुभएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार स्थानीय अर्जुन तामाङको सात वर्षीया छोरी अनुसा तामाङ डुबेर बेपत्ता हुनुभएको हो ।

त्रिनपा–१४ का वडाध्यक्ष हेमराज मगरका अनुसार आज दिउँसो साथीहरुसँग सुनकोशीमा नुहाउन जानुभएकी अनुसा पौडी खेल्न नदीमा पस्दा बेपत्ता हुनुभएको हो ।

घटनालगत्तै प्रहरीलाई खबर गरेकामा प्रहरीले खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताउनुभयो । रासस