११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

स्व विपिनको परिवारलाई प्रदेश सरकारको दुई लाख सहयोग

स्व विपिनको परिवारलाई प्रदेश सरकारको दुई लाख सहयोग
अ अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले हमासको आक्रमणमा परी निधन हुनुभएका कञ्चनपुरका विपिन जोशीको परिवारलाई रु दुई लाख सहयोग गर्ने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले जोशीको परिवारलाई मानवीय सहायतास्वरुप रु दुई लाख सहयोग गर्न लागिएको जानकारी दिनुभयो ।

यसअघि प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले हमासको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई रु दुई लाखका दरले आर्थिक सहायता दिने निर्णय गरेको थियोे।

सोहीअनुसार यसअघि मृतक सात जनाका परिवारलाई सहयोग रकम दिइसकेको र अब विपिनको परिवारलाई पनि सहयोग गरिने बताउनुभयो ।

दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञानमा स्नातक अध्ययन गरेर इजरायलमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत ‘इन्टर्न’ गर्न गएकामध्ये दश जना नेपाली विद्यार्थी इजरायलमा हमासको आक्रमणमा परेका थिए ।

मुख्यमन्त्री शाहले स्व जोशीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा संवेदना व्यक्त गर्नुभएको छ ।

यसैबीच विपिन जोशीको पार्थिव शरीर आज साँझ नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी विमानस्थलमा पु¥याइएको छ । पार्थिव शरीरलाई विमानस्थलबाट कञ्चनपुर लगिएको छ ।