६ पुष २०८२, आईतवार
,
Latest
‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्व विपिनको परिवारलाई प्रदेश सरकारको दुई लाख सहयोग



अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले हमासको आक्रमणमा परी निधन हुनुभएका कञ्चनपुरका विपिन जोशीको परिवारलाई रु दुई लाख सहयोग गर्ने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले जोशीको परिवारलाई मानवीय सहायतास्वरुप रु दुई लाख सहयोग गर्न लागिएको जानकारी दिनुभयो ।

यसअघि प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले हमासको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई रु दुई लाखका दरले आर्थिक सहायता दिने निर्णय गरेको थियोे।

सोहीअनुसार यसअघि मृतक सात जनाका परिवारलाई सहयोग रकम दिइसकेको र अब विपिनको परिवारलाई पनि सहयोग गरिने बताउनुभयो ।

दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञानमा स्नातक अध्ययन गरेर इजरायलमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत ‘इन्टर्न’ गर्न गएकामध्ये दश जना नेपाली विद्यार्थी इजरायलमा हमासको आक्रमणमा परेका थिए ।

मुख्यमन्त्री शाहले स्व जोशीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा संवेदना व्यक्त गर्नुभएको छ ।

यसैबीच विपिन जोशीको पार्थिव शरीर आज साँझ नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी विमानस्थलमा पु¥याइएको छ । पार्थिव शरीरलाई विमानस्थलबाट कञ्चनपुर लगिएको छ ।