१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न

सरकारलाई सर्वोच्चले आदेश- अति विपन्न, दैनिक ज्याला मजदुरीको खान पाउने अधिकारबाट बञ्चित नहोस्

सरकारलाई सर्वोच्चले आदेश- अति विपन्न, दैनिक ज्याला मजदुरीको खान पाउने अधिकारबाट बञ्चित नहोस्
अ अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले लक डाउनका बेला अति विपन्न, दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने व्यक्तिहरुलाई खाद्यान्न दिन सरकारका नाममा आदेश दिएको छ। सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले राज्य संयन्त्रबाटै उनीहरूलाई खाद्यान्न दिनु पर्ने आदेश दिएको हो।

‘लक डाउनबाट अति विपन्न, दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने व्यक्तिहरु खान पाउने अधिकारबाट बञ्चित हुन परेको स्थितिको सिर्जना हुने जान देखिन आएको छ। यस्तो विषम परिस्थितिमा त्यस्ता व्यक्तिहरू राहत लिन, सम्पर्क राख्न आफैं आउनुभन्दा राज्यका संयन्त्रबाटै त्यस्ता व्यक्तिहरूको पहिचान राहत उपलब्ध गराई निजहरूको खाद्यसम्बन्धी मौलिक हकको व्यवहारिक प्रचलन गराउन वाञ्छनीय देखिएको हुँदा सबै तहका सरकारका बीच समन्वय गरी आवश्यक पर्ने विशेष प्रबन्ध मिलाउनू,’ आदेशमा भनिएको छ।

अधिवक्ता बिष्णु लुँइटेलले मजदुर र विपन्नले खाना नपाउने अवस्था आएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयविरूद्ध सर्वोच्चमा निवेदन हालेका थिए।