१७ भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहारले आपसी सद्भाव, सहिष्णुता र सुदृढ राष्ट्रिय एकताका निम्ति उत्प्रेरित गर्नेछः राष्ट्रियसभा अध्यक्ष



फाइल फोटो
अ+ अ-

काठमाडौँ। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले तिहार पर्व २०८२ ले आपसी सद्भाव, सहिष्णुता र सुदृढ राष्ट्रिय एकताका निम्ति उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

आज शुभकामना सन्देश दिनुहुँदै उहाँले तिहारले पारिवारिक जमघट, सामाजिक, सांस्कृतिक सद्भाव तथा राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभएको हो ।

“नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता, मौलिक चाडपर्व, प्राकृतिक सम्पदा र सभ्यताहरूले सम्पन्न राष्ट्र हो । नेपाली जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्दै विविध जाति, धर्म र समुदायका ऐतिहासिक सांस्कृतिक पर्वलाई राष्ट्रिय पर्वका रुपमा पहिचान दिएको छ”, सभाध्यक्ष दाहालले उल्लेख गर्नुभएको छ,“यी विविधतायुक्त संस्कार, संस्कृति एवं चाडपर्वहरू राष्ट्रका साझा सम्पत्ति मात्र नभई जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकताको सूत्रमा बाँध्ने महत्वपूर्ण आधारहरू समेत हुन् ।”

यमपञ्चकको रूपमा पाँच दिनसम्म मनाइने तिहारको धार्मिक, सांस्कृतिक र ऐतिहासिक रूपमा विशिष्ट महत्व छ । कृषिमा निर्भर मानव समुदायसँग प्रकृति र पशुपन्छीको गहिरो सम्बन्धलाई तिहार पर्वले उजागर गरेको छ ।

यस पर्वमा काग, कुकुर, गाई, गोरुको पूजा गर्नु र दीपावली गरी धनकी देवी लक्ष्मीको आराधना गर्नुले मानव समुदायलाई जीवन निर्वाहका लागि प्रकृति र पशुपन्छीको महत्त्व कति रहेछ भन्ने देखाएको पनि दाहालको शुभकामना सन्देशमा उल्लेख छ ।

यस्तै, तिहारको अन्तिम अर्थात् पाँचौँ दिन मनाइने भाइटीकाले दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता, प्रेम र हार्दिकता प्रकट गर्नुका साथै टाढा रहेका दाजुभाइ दिदीबहिनीहरूको पुनर्मिलन गराउने र तिहारमा खेलिने देउसीभैलोलगायत सांस्कृतिक गतिविधिले उल्लासमय माहोल बनाउने उहाँको बुझाइ छ । सभाध्यक्ष दाहालले यसले नेपाली संस्कृति र पूर्वीय दर्शनको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । रासस