कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तिहार पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु-याउने बताउनुभएको छ ।
शुभ दिपावली २०८२ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले तिहार पर्वले सम्पूर्ण नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु-याउने बताउनुभयो ।
“उज्यालो आफैँमा प्रेरणाको पर्व पनि हो, दीपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाइै सत्य र न्यायको मार्गमा अग्रसर रहन पथप्रदर्शन गर्न सकोस् भन्ने कामना गर्दछु”, शुभकामना सन्देशमा उल्लेख छ ।
मुख्यमन्त्री शाहले पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशसहित नेपाल र विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो । रासस










