१७ भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहारले राष्ट्रिय एकतालाई सुदृढ बनाउन मद्दत गर्छः मुख्यमन्त्री शाह



अ+ अ-

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तिहार पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु-याउने बताउनुभएको छ ।

शुभ दिपावली २०८२ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले तिहार पर्वले सम्पूर्ण नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु-याउने बताउनुभयो ।

“उज्यालो आफैँमा प्रेरणाको पर्व पनि हो, दीपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाइै सत्य र न्यायको मार्गमा अग्रसर रहन पथप्रदर्शन गर्न सकोस् भन्ने कामना गर्दछु”, शुभकामना सन्देशमा उल्लेख छ ।

मुख्यमन्त्री शाहले पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशसहित नेपाल र विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो । रासस