१७ भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहारको अवसरमा सेल पकाउने प्रतियोगिता



अ+ अ-

काठमाडौँ। तिहारको अवसरमा आज यहाँ सेल पकाउने प्रतियोगिता गरिएको छ । प्रतियोगिताको एक कार्यक्रमका बीच नेपालका प्रथम कार्यकारी ‘सेफ’ गोविन्द नरसिंह केसीले उद्घाटन गर्नुभयो ।

प्रतियोगितामा ‘सेफ’ इङ्वा सुब्बा प्रथम, राधेश्याम श्रेष्ठ द्वितीय र मानबहादुर तामाङ तृतीय हुनुभयो । नेपाली खाना प्रवर्द्धन अभियानको संयोजनमा भोजनलिपि स्वाद र सिलौटो कटेजको आयोजनामा भएको प्रतियोगितामा नौ जनाले सहभागिता जनाएका थिए ।

उहाँहरूले नेपाली खानालाई देशभित्र र बाहिर प्रचारप्रसार गर्न समय समयमा विभिन्न कार्यक्रमको आयोजना हुनुपर्नेमा जोड दिनुभयो । सेफहरूले लक्ष्मीपूजाको पूर्वसन्ध्यामा देउसीसमेत खेलेका थिए ।

देउसीमार्फत उहाँहरूले नेपाली परम्पराको निरन्तरता र पर्यटन क्षेत्रमा पछिल्ला दिनहरूमा देखिएका समस्या समाधान हुनुपर्ने विचार अभिव्यक्त गर्नुभएको थियो । अक्टोबर २० अर्थात् आज अन्तरराष्ट्रिय सेफ दिवससमेत मनाइएको छ । रासस