६ पुष २०८२, आईतवार
,
Latest
‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहारको अवसरमा सेल पकाउने प्रतियोगिता



अ+ अ-

काठमाडौँ। तिहारको अवसरमा आज यहाँ सेल पकाउने प्रतियोगिता गरिएको छ । प्रतियोगिताको एक कार्यक्रमका बीच नेपालका प्रथम कार्यकारी ‘सेफ’ गोविन्द नरसिंह केसीले उद्घाटन गर्नुभयो ।

प्रतियोगितामा ‘सेफ’ इङ्वा सुब्बा प्रथम, राधेश्याम श्रेष्ठ द्वितीय र मानबहादुर तामाङ तृतीय हुनुभयो । नेपाली खाना प्रवर्द्धन अभियानको संयोजनमा भोजनलिपि स्वाद र सिलौटो कटेजको आयोजनामा भएको प्रतियोगितामा नौ जनाले सहभागिता जनाएका थिए ।

उहाँहरूले नेपाली खानालाई देशभित्र र बाहिर प्रचारप्रसार गर्न समय समयमा विभिन्न कार्यक्रमको आयोजना हुनुपर्नेमा जोड दिनुभयो । सेफहरूले लक्ष्मीपूजाको पूर्वसन्ध्यामा देउसीसमेत खेलेका थिए ।

देउसीमार्फत उहाँहरूले नेपाली परम्पराको निरन्तरता र पर्यटन क्षेत्रमा पछिल्ला दिनहरूमा देखिएका समस्या समाधान हुनुपर्ने विचार अभिव्यक्त गर्नुभएको थियो । अक्टोबर २० अर्थात् आज अन्तरराष्ट्रिय सेफ दिवससमेत मनाइएको छ । रासस