१७ भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन महिनामा ५८ अर्ब २३ करोड राजस्व सङ्कलन



अ+ अ-

पर्सा। वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा रु ५८ अर्ब २३ करोड राजस्व सङ्कलन गरेको छ ।

  भन्सार विभागले कार्यालयलाई चालु आवको तीन महिनामा रु ६५ अर्ब ६१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकोमा सो अवधिमा लक्ष्यको ८९  प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

वीरगञ्ज भन्सार कार्यालय प्रमुख विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनासम्ममा राजस्व सङ्कलन सन्तोषजनक रहेको बताउनुभयो । “चालु आवको तीन महिना चाडपर्व लक्षित वस्तु तथा सामान आयात भएकाले पनि राजस्व सङ्कलनमा केही वृद्धि देखिएको छ”, उहाँले भन्नुभयो ।

कार्यालयका अनुसार साउनमा रु २० अर्ब ९८ करोड राजस्व  सङ्कलन गर्ने लक्ष्य राखिएकोमा सोको ८८ प्रतिशतअर्थात् १८ अर्ब ४४ करोड सङ्कलन भएको छ ।

भदौमा रु २२ अर्ब  पाँच करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ९४ प्रतिशतअर्थात् रु २० अर्ब ७२ करोड राजस्व सङ्कलन भयो भने असोजमा रु २२ अर्ब ५७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ८४ प्रतिशतअर्थात् रु १९ अर्ब सात करोड राजस्व सङ्कलन भएको छ । रासस