२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीद्धारा निशुल्क खाद्य सामग्री वितरण



अ+ अ-

काठमाडौँ । कोरोना भाइरसको महामारी रोकथामको लागि सरकारले अंगिकार गरेको लक डाउन नीतिको कारण असहाय, अपांग तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खानाखान समेत मुस्किल परेको परिस्थितिमा महानगरीय प्रहरी कार्यालयको बिशेष पहलमा खाद्य सामग्री वितरणको कार्यको दोस्रो अभियान सुरु गरिएको छ ।

यस कार्यमा बिभिन्न बैंकहरुसँगको सहकार्यमा निशुल्क खाद्य सामाग्री वितरण अभियान अन्तर्गत आज मानव कल्याण समाज झौखेल, भक्तपुरमा आश्रित ६३ जना फरक क्षमता भएका, अशक्त, असहाय व्यक्तिहरु, हनुमन्ते कोरिडोर ठिमी चारदोबाटोमा बस्दै आएका २० जना र सल्लाघारीमा बस्दै आएका १२ जना दैनिक ज्यालादारी मजदुरहरुलाई महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेल आफै उपस्थित भई अत्यावश्यक खाद्य सामाग्री वितरण गरेका थिए ।

मुलुक लकडाउनको यस बिषम् परिस्थितिमा भोको पेटकै कारण सिर्जित हुन सक्ने बिभिन्न अपराधहरु, चोरी, डकैती, हत्या, हिंसा, ठगी, रोकथाम तथा नियन्त्रणका साथै मानवसेवाको ध्येयले यस अभियानलाई लकडाउन अवधिभर निरन्तर संचालन गरिने समेत महानगरीय प्रहरी कार्यालयका प्रमुख पोखरेलले बताउनुभयो ।

साथै यस अवधिभर उपत्यकामा कसैले खाद्य सामाग्री अभाव भएमा नजिकको प्रहरी कार्यालय वा महानगरीय प्रहरी कार्यालयको हटलाईन नम्बर १०० मा फोन गरी आफ्नो गुनासो टिपाउनु हुन समेत प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले अनुरोध पनि गरेका छन् ।