२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहायताको नाममा चन्दा उठाएर आफूखुसी वितरण नगर्नू : गृह मन्त्रालय



अ+ अ-

काठमाडौं । गृह मन्त्रालयले लक डाउनका बेला नागरिकले सहायताको नाममा चन्दा उठाउने र आफूखुसी वितरण गर्न नपाउने निर्णय गरेको छ। आइतबार गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा बसेको बैठकले सहयताको नाममा चन्दा उठाउन र वितरण गर्न नपाउने निर्णय गरेको हो।

गृहले आपूर्ति व्यवस्थापनलाई सहज बनाउन कुनै संघ, संस्था वा व्यक्तिले सहायता दिन चाहेमा स्थानीय तहमा सम्पर्क गरी वितरण गर्न सकिने जनाएको छ । मन्त्रालयले आपूर्ति व्यवस्थापनलाई सहज बनाउने जिम्मा स्थानीय तहलाई दिएको हो।

स्थानीय तहले तोकेको मापदण्डअनुसार सामग्री भएमात्रै स्वीकार गर्ने र वडास्तरीय समितिमार्फत वितरण गर्नुपर्ने गृहको निर्णय छ।