१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन सामना गर्न सास्ती



अ+ अ-

काठमाडौं । सरकारले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम गर्न लकडाउन गर्दा सामान्य परिवारमा यसले थप पीडा थपिदिएको छ । दिनभर काम गरेर बिहान–बेलुका हात मुख जोड्ने परिवारमा लकडाउनले समस्या उत्पन्न भएको छ । त्यस्ता परिवारमा गुजारा टार्न समस्या भएको गुनासो गरिएको छ ।

सरकारले सामान्य तथा मध्यम परिवारका लागि राहत घोषणा गर्दै आएको छ । कतिपय स्थानमा स्थानीय तहले त्यस्ता परिवारलाई सहयोग गर्दै आए पनि सहरी इलाकामा भने समस्या देखिन थालेको हो ।

सरकारले एक्कासि लकडाउन गर्दा कार्य क्षेत्रमा खटिएका कामदारको बिचल्ली भएको छ । उनीहरू घर सकेका छैनन् ।

मध्यपहाडी राजमार्ग निर्माणको काममा खटिएका करिब ६० जना कामदारले घर जान नपाएको गोल्डेन कम्पनीका प्रोजेक्ट म्यानेजर हिमाल पौडेलले जानकारी दिए ।

सरकारले कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर गत ११ चैत बिहान ६ बजेदेखि एक साताका लागि नागरिकलाई घर बाहिर निस्कन र सवारी साधन चलाउन प्रतिबन्ध गरेको थियो । सरकारले पुनः आइतबार लकडाउनको अवधि एक साता थप गरेको छ ।

लकडाउनमा सवारी सञ्चालनमा प्रतिबन्धका कारण सामान्य परिवारका कोही सदस्य बिरामी हुँदा हिँडेरै अस्पताल पुग्नुपर्ने अवस्था सिर्जना भएको छ । न्यून तथा मध्यम वर्गीय परिवारले आर्थिक कमजोर अवस्थाका कारण एम्बुलेन्स रिजर्भ गर्न नसक्ने र अन्य सवारीसाधन सञ्चालन नहुँदा हिँडेरै अस्पताल पुग्नुपरेको हो ।, समाचार आजको राजधानी दैनिकमा छ ।