२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटालीले तीन सातादेखि जारी लकडाउन बढाउँदै



अ+ अ-

काठमाडौं । इटाली सरकारले तीन सातादेखि जारी लकडाउनलाई लम्ब्याउने बताएको छ। सरकारले कोरोना भाइरसको महामारीलाई रोक्न तीन सातादेखि राष्ट्रव्यापी लकडाउनमा रहेको पूर्व निर्धारित समयावधि सकिन केही दिन बाँकी रहँदा यस्तो बताएको हो।

इटालीमा तेश्रो साताको लकडाउन यही शुक्रबार सकिदैं छ। स्वास्थ्यमन्त्री रोबेर्टो स्पेरान्जाले सरकारलाई परामर्श दिने एक वैज्ञानिक कमिटीसँगको बैठकपछि यस्तो बताएका हुन्।

इटालीले लकडाउन जारी रहने नयाँ अन्तिम मिति नदिएपनि सरकारको प्रस्ताव अनुसार तोकिने जनाएको छ। यस वर्षको ‘ईस्टर सन्डे’ अप्रिल १२ मा पर्छ।

इटाली हाल कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने मुलुकको सूचिमा पहिलो स्थानमा छ भने संक्रमित संख्यामा तेश्रोमा छ।

यस्तै इटालीको चिकित्सकहरूको संगठनले त्यहाँ हालसम्म संक्रमितको उपचारमा खटिएका ६१ जना चिकित्सकहरू ज्यान गएको जनाएको छ।

संघले सोमबारमात्रै ११ जना थप चिकित्सकको ज्यान गएको बताएको थियो। एजेन्सी