२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम : यस्तो छ पूर्वानुमान



अ+ अ-

काठमाडौं । आजबाट देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले हाल हाल देशको पूर्वी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ ।

यसैगरी, महाशाखाले मंगलबार दिउँसो देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र मध्य पूर्वका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने पूर्वानुमान गरेको छ ।

पूर्वानुमानका अनुसार देशको पश्चिमी भू–भागमा सामान्य बदली , मध्य र पुर्वका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुनेछ ।

यता, पश्चिमी भू–भागका थोरै स्थानहरुमा र मध्य र पुर्वका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । भने हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।