२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा कोरोना संक्रमित संख्या चीनको भन्दा दोब्बर



अ+ अ-

काठमाडौं । चीनको भन्दा अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या दोब्बर पुगेको छ । जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ६४ हजारभन्दा धेरै पुगेको हो ।

पहिलो पटक कोरोनाको संक्रमण देखिएको चीनमा भने यो संख्या ८२ हजार मात्र छ । सुरुवातमा चीनमा सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित देखिएका थिए । तर चीन पछिल्लो समय अन्य मुलुकको तुलनामा कोरोना भाइरस नियन्त्रणमा सफल देखिएको छ ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिकामा मृतकको संख्या १ लाखभन्दा कममा राख्नु मुलुकको ठूलो उपलब्धि हुने बताएका छन् ।

यस्तै चीनमा सोमबार ४८ नयाँ संक्रमित देखिएका छन् । यी सबै मानिस विदेशबाट फर्किएका मानिस हुन् । हुबेई प्रान्तमा कोरो भाइरसको कारण एक व्यक्तिको ज्यान गएको छ ।