२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा एकैदिनमा भेटिए सयौ संक्रमित, ३२ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । भारतमा एकैदिन दुई सय २७ नयाँ संक्रमित फेला परेका छन् । एक सातादेखि लकडाउनमा रहेको बेला भारतमा एकैदिन सबैभन्दा धेरै संक्रमित भेटिएको हो । ।

भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार दिल्लीमा मात्र २५ नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा संक्रमितको संख्या पनि एक हजार दुई सय ५१ पुगेको छ भने ३२ जनाको ज्यान गइसकेको छ ।

२७ राज्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोनाको संक्रमण फैलिन नदिन लकडाउन गरेको भारत सरकारले देशमा कोरोना भाइरस अहिले दोस्रो चरणमा रहेको बताएको छ ।

यो चरणमा विदेशबाट आएका मानिसको सम्पर्कमा आउने मानिसलाई यो भाइरसको संक्रमण हुन्छ ।