११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन
अ अ+ अ-

काठमाडौँ। गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गर्न सबै सरोकारवालाको समन्वयमा जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले आज सुरक्षा निकायहरूबाट समन्वयात्मक रूपमा निर्वाचन सुरक्षा लक्षित गस्ती पेट्रोलिङ बढाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो ।

मन्त्रालयको सचिवस्तरीय निर्णयानुसार मन्त्रालयले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न भरपर्दो सुरक्षा व्यवस्था गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ तर्जुमा सुरु भइसकेकाले जिल्लास्तरमा समेत यसपूर्वको निर्वाचन सुरक्षा अभ्यास तथा अनुभव समेतका आधारमा सबै सुरक्षा निकायले उक्त निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने सुरक्षाकर्मी, हातहतियार, सञ्चार उपकरण, सवारी साधनलगायतको विषयमा लेखाजोखा गर्नुपर्नेमा पनि जोड दिएको छ ।

सरकारले हाल कायम रहेका मतदानस्थलको परिवर्तित परिस्थितिमा वर्गीकरण गर्नुपर्ने भएकाले जिल्ला सुरक्षा समितिबाट संवेदनशीलतास्तर (सामान्य, संवेदनशील र अतिसंवेदनशील) विश्लेषण एवम् वर्गीकरणको कार्य गरी मन्त्रालयसमक्ष प्रतिवेदन गर्न र निर्वाचन विरोधी गतिविधि एवम् भूमिगत समूहद्वारा सञ्चालित क्रियाकलापको पहिचान एवम् नियन्त्रणका लागि सूचना प्राप्ति, विश्लेषण र कार्ययोजना बनाई समन्वयात्मक तवरले प्रभावकारी रूपमा कार्यान्वयन तथा प्रतिवेदन गर्न पनि जिप्रकासँग अपिल गरेको छ ।

तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने गराउने सम्बन्धमा निर्वाचन आयोग तथा यस मन्त्रालयबाट भएका निर्णय एवम् निर्देशनलाई प्राथमिकता दिई तदारूकताका साथ कार्यान्वयन गराउन मन्त्रालयले निर्देशन दिएको छ ।

सुशासन र प्रभावकारी सेवा प्रवाहको विषयमा गृह मन्त्रालयले जिल्लामा नेपाल सरकारको प्रतिनिधिका रुपमा प्रमुख जिल्ला अधिकारीले काम गर्ने भएकाले प्रचलित ऐन, नियम र निर्देशिका प्रदत्त अधिकार प्रयोग गरी पूर्ण सक्रियताका साथ कार्यसम्पादन गर्न र नागरिक सरोकारका विषय एवम् सेवा प्रवाहका कार्यमा अग्रसरता लिई समयमा नै कार्य फछ्र्यौट गर्न÷गराउन निर्देशन दिएको छ ।

सार्वजनिक सेवा प्रवाहमा जनताका ससाना अपेक्षा तथा समस्या सम्बोधन हुनेगरी सेवालाई पूर्वानुमानयोग्य बनाउने र लाग्ने समय एवम् आवश्यक कागजात पूरा भएपछि कसैलाई भनसुन नगरी सेवा पाइन्छ भन्ने विश्वास जागृत हुनेगरी काम गर्ने र सोही बमोजिमको व्यवस्था मिलाउन मन्त्रालयको निर्देशनमा उल्लेख छ ।

त्यसैगरी विकास व्यवस्थापनको सवालमा जिल्लाभित्रका निर्माणाधीन विकास आयोजना (राष्ट्रिय गौरवका आयोजना, प्राथमिकता प्राप्त राष्ट्रिय आयोजना, प्रादेशिक वा स्थानीयस्तरका आयोजना) को निर्माण कार्यमा कुनै समस्या वा अवरोध देखापरेमा आवश्यक समन्वय र सहजीकरण गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ ।

जेनजी युवाको अगुवाइमा भएको आन्दोलनका क्रममा फरार कैदीबन्दी फिर्ता ल्याउनेसम्बन्धमा गृह मन्त्रालयको निर्णयअनुसार गठित फरार बन्दी खोजी तथा पक्राउ कार्यदललाई प्रभावकारी बनाई कार्यसम्पादन गर्दै कारागार कार्यालयको मासिक रूपमा नियमित अनुगमन गरी कारागारको सुरक्षा प्रबन्ध, आन्तरिक नियन्त्रण एवम् कैदीबन्दीको मानवोचित व्यवस्था र न्यूनतम मानव अधिकारको सुनिश्चितता गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

कारागारलाई सुधारगृहका रुपमा विकास गर्न कैदीबन्दीको सीप विकास र विद्यमान सीपको प्रयोग गरेर कारागारभित्र उद्योग सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन तथा यस कार्यमा प्रदेश सरकारसँग समेत आवश्यक समन्वय गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ ।

विपद् व्यवस्थापनबारे मन्त्रालयले जिल्ला विपद् व्यवस्थापन समितिलाई क्रियाशील बनाई विपद् व्यवस्थापन समितिको बैठक नियमित रुपमा आयोजना गर्ने र विपद्का कारणले नागरिकले ज्यान गुमाउन नपर्ने अवस्था सृजना गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई भरपर्दो र सुरक्षित तुल्याउन निर्देशन दिएको छ ।

मन्त्रालयले अत्यावश्यक सेवा (सडक, सञ्चार, विद्युत्, खानेपानी, स्वास्थ्य उपचार, रक्तसञ्चार सेवा, सार्वजनिक यातायात, दमकल, एम्बुलेन्स आदि) मा सेवा अवरुद्ध नहुने सुनिश्चित गर्न निरन्तर समन्वय गर्ने साथै सेवा अवरुद्ध गर्ने बिरुद्ध तत्काल कारबाही गर्न पनि निर्देशन दिएको छ । जिल्लाभित्र वस्तु तथा सेवाको अभाव हुन नदिई सहज तथा नियमित आपूर्ति सुनिश्चित गर्न, जम्माखोरी, कालोबजारी अस्वभाविक मूल्यवृद्धि रोक्न र उपभोक्ता ठगिने अवस्थाको अन्त्य गर्न नियमित रूपमा सरोकारवालासँगको समन्वयमा बजार अनुगमन गर्नुपर्ने मन्त्रालयको भनाइ  छ ।

सीमा क्षेत्रमा अवैध तस्करी गर्नेलगायत राजश्व हिनामिना गर्ने व्यक्ति तथा समूह र स्थान उपर कडा निगरानी एवम् कारवाही गर्न, सूचना सङ्कलन र शङ्कास्पद क्षेत्रमा सुरक्षा परिचालन गरी त्यस्ता व्यक्ति तथा समूहका गतिविधि निस्तेज गर्न तथा राजश्व चुहावट नियन्त्रण सम्बन्धमा जिल्लाभित्र राजस्व सङ्कलन गर्ने निकायका प्रमुख एवम् जिल्लाभित्रका उद्योगी–व्यापारी र राजनीतिक दलसँग नियमित रुपमा छलफल तथा अन्तरक्रिया गरी गराई राजश्व चुहावट प्रभावकारीरूपमा नियन्त्रणका लागि सरोकारवाला निकायसँग आवश्यक सहकार्य र समन्वय गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

जेनजी युवाको अगुवाइमा भएको प्रदर्शनका क्रममा क्षति भएका सार्वजनिक सम्पत्ति, भौतिक संरचनाको पुनर्निर्माणका लागि नेपाल सरकारबाट स्थापना भएको पुनर्निर्माण कोषमा सहयोग रकम जम्मा गर्न इच्छुक सबैलाई मन्त्रालयले आह्वान गरेको छ ।

साथै क्षतिग्रस्त संरचना तथा पूर्वाधार पुनर्निर्माणका लागि सङ्घ, प्रदेश एवम् स्थानीय तहबाट भएका कार्यमा आवश्यक सहजीकरण र समन्वय गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।  रासस