२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मजदुरी गरी जिविकोपार्जन गर्ने १० परिबारलाई बिद्यालयको सहयोग



अ+ अ-

काठमाडौं । काठमाण्डौको स्बयम्भू क्षेत्रमा दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने १० परिबारलाई राहत स्वरुप दैनिक उपभोग्य बस्तु वितरण गरिएको छ ।

स्बयम्भूमा रहेको द एक्सेल्सियर स्कुलले लक डाउनको कारण रोजगारी गर्न नपाएका र यस बाट प्रत्यक्ष असर परेको ज्याला मजदुरी गर्ने अति बिपन्न परिवारलाई राहत स्बरुप चामल , दाल नुन साबुन तेल चिउरा लगायतका खाध्य सामग्री सहयोग गरिएको बिद्यालयका निर्देशक राम बस्नेतले जानकारी दिनु भयो ।

कोरोना भाईरसको जोखिम कम गर्न नेपाल सरकारले गरेको लक डाउनबाट ज्याला मजदुरी गर्नेको दैनिकी कष्टकर बन्दै गएको बेला बिद्यालय ले सहयोग गरेको हो ।