२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री बानियाँद्वारा तलब भत्ता वापतको रकम विपन्नलाई



फाइल फोटो
अ+ अ-

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गरिबमुखी, गाउँमुखी, विकासमुखी र जनमुखी काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले आफू गरिबमुखी, गाउँमुखी, विकासमुखी र जनमुखी काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो । “हामीले राजनीति मानवता र मानवको सेवाका लागि गर्ने हो,” उहाँले भन्नुभयो, “नेता बिपी कोइरालाले भन्नुहुन्थ्यो, गरिबलाई न्याय र  आयको सिद्धान्तलाई अङ्गीकार गरेर अघि बढिरहेका छौँ ।”

बिपीको त्यही भनाइअनुसार आफू सधैँ गरिब, विपन्न समुदायको हितमा काम गर्दै आएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री बानियाँले आफ्नो व्यक्तिगत लगानी र तलब भत्ता सुविधाबाट मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा थप दुईवटा घर निर्माण भइरहेको बताउनुभयो ।

मुख्यमन्त्री बानियाँले पदभार ग्रहण गर्ने क्रममा आफ्नो तलब भत्ता सुविधाबाट मनहरी गाउँपालिकाका एक जना विपन्नलाई घर बनाई दिने घोषणा गर्नुभएको थियो । सोही घोषणा अनुसार रु चार लाख ६५ हजारमा तीनवटा कोठा, शौचालय, बत्ती र पानीसहितको सुविधासम्पन्न घर निर्माण गरी आज एकल महिला मिठुमाया सुनारको हस्तान्तरण गरिएको हो ।

सो अवसरमा मुख्यमन्त्री बानियाँले बाख्रापालन गरी जीविकोपार्जन गर्दै आउनुभएका  सुनारलाई रु २० हजार नगद आर्थिक सहयोगसमेत प्रदान गर्नुभयो । रासस