११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

एन्फाका कार्यवहाक अध्यक्षले महासचिवलाई गरे निलम्बन

एन्फाका कार्यवहाक अध्यक्षले महासचिवलाई गरे निलम्बन
अ अ+ अ-

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले महासचिव किरण राईलाई पदबाट निलम्बन गरेका छन् ।

अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई एसियाली फुटबल महासंघ (एएफसी)को कार्यक्रममा भाग लिन साउदी अरेबिया गएको बेला विधानअनुसार आफू कार्यवाहक अध्यक्ष रहेको दाबीसहित उनले केही दिनअघि स्पष्टीकरण सोधेका थिए। त्यसको जवाफ नपाएको भन्दै खड्काले उनलाई अर्को कार्यसमिति बैठकसम्मका लागि निलम्बन गरेका हुन्।

यद्यपी अध्यक्ष नेम्बाङले उनलाई कार्यवहाक अध्यक्ष भएको कुनै पत्र दिएका भने थिएनन्। यसअघि कार्यवहाक दाबी गर्दै खड्काले राईलाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न पत्र काटेका थिए।

‘२०८२।०६।२९ गतेको पत्र अनसार संघको साधारण सभा र कार्यसमितिको म्याण्डेट समेतलाई वेवास्ता गर्दै संघको विधान, विधि र पद्धति विपरित फूटबल खेलको विकासमा नै दिर्घकालिन असर पार्ने गरि के कति आधारमा कस्को निर्देशनमा कार्य गर्नू भएको हो ? भनि ३ दिन भित्र स्पष्टीकरण सोधिएकोमा तपाईबाट हालसम्म कूनै पनि जवाफ प्राप्त नभएकोले आजको मिति देखि लागू हूने गरि तपाईलाई एन्फा महासचिव पदबाट अर्को कार्यसमिति वैठकसम्मका लागि निलम्बन गरिएको जानकारी गराउँदछौं। उक्त अवधिसम्मका लागि कार्यवाहक महासचिवको कार्य गर्न संघका सहायक महासचिव दामोदर भट्टराईलाई तोकिएको व्यहोरा समेत अवगत गराउदछौँ,’ खड्काले काटेको पत्रमा भनिएको छ।