१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न

चीनको उहानमा मानिसको हिँडडुल शुरु, बजार पसल खुल्यो

चीनको उहानमा मानिसको हिँडडुल शुरु, बजार पसल खुल्यो
अ अ+ अ-

चीन । चीनमा कोरोनाभाइरसबाट सर्वाधिक असर पारेको उहान शहरमा सोमबारदेखि मानिसको निर्वाध आवागमन शुरु भएको छ । भाइरस संक्रमण तिब्र रुपमा फैलिएसँगै उहानमा झण्डै दुई महिनासम्म दशौं लाख मानिस घरभित्रै बस्न बाध्य भएका थिए ।

स्थानीय सरकारले हुबे प्रान्तको राजधानी उहान सहित प्रान्तका सबै सानाठूला शहर बजारमा लगाइएका सबैजसो प्रतिबन्धहरु खुला गरेको छ । उहान शहरको मुख्य सपिङ सडकमा दुई महिनापछि पुगेकी एक महिलाले अत्यन्त उत्साहित हुँदै भनिन्, “म अब पसलमाथि बदला लिन चाहन्छु ।”

तैपनि शहरमा विगतको तुलनामा ग्राहकको संख्या भने नगण्य नै देखिएको छ । सडकमा हिँड्ने र पसलमा आइपुग्ने ग्राहकलाई मास्क लगाएका पसलेहरुले स्वागत गरिरहेका देखिन्छन् । उनीहरुले प्रत्येक ग्राहक र बटुवालाई निश्चित दूरी बनाएर हिँड्न र कुराकानी गर्न आग्रह गरिरहेको दृश्य सबैतिर देख्न सकिन्छ ।

तिनैमध्येकी उत्साही एक ग्राहक हुन् स्थानीय शिक्षिका । गत जनवरी २३ तारिखदेखि नै उहानमा लकडाउन गरिएपछि उनीजस्ता झण्डै एक करोड १० लाख मानिस घरभित्रै बस्न बाध्य भएका थिए ।

चुहे हान्जी मलमा भेटिएकी केट नाम गरेकी ती महिलाले भनिन्, “म आज अत्यन्तै खुशी छु, मलाई बेस्सरी कराउन मन लागेको छ आज ।” उनी थप्छिन्, “घरभित्र दुई महिनासम्म थुनिएकोले होला मलाई आज बेस्सरी उफ्रिन मन लागिरहेको छ ।”

हुबेको पूर्वी शहर नान्जिङकी शिक्षिका केट समेतका सबै नागरिक घरभित्रै बन्द भएका थिए । कोरोनाभाइरसको संक्रमण रोक्न चीनको केन्द्र सरकारले चिनियाँ उद्योगको प्रमुख केन्द्रका रुपमा रहेको हुबे लकडाउन गरेको थियो ।

विश्वभरका सरकारहरुले ट्राभल र अरु नियन्त्रणका उपायहरु अबलम्बन गरिरहेकै बखत चीन सरकारले उहान र अरु क्षेत्रमा लगाइएका प्रतिबन्धहरु हटाएको छ । कोरोनाभाइरसलाई परास्त गरेको घोषणासँगै विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीन आफ्नो अर्थतन्त्रलाई जीवन्त तुल्याउने प्रयत्नमा जुटेको छ ।

हुबे प्रान्तको उहान शहरमा यात्रामाथिको प्रतिबन्ध हटाइएको चीनकै अन्तिम शहर पनि हो । स्थानीयबासीलाई हुबेका अरु ठाउँमा यात्रा गर्न दिइएको भए पनि प्रान्त छाड्न दिइएको थिएन । हुबेका उहान बाहेकका अन्य ठाउँका बासिन्दामाथिको प्रतिबन्ध गत मार्च २३ मै हटाइएको थियो । उहानका बासिन्दामाथिका यात्रा प्रतिबन्धहरु आगामी अप्रिल ८ बाट हटाइनेछ ।

उहानको एउटा वन्यजन्तु बजारबाट मानिसमा कोरोनाभाइरस संक्रमण भएको केही अनुसन्धाताहरुले बताएका छन् । गत डिसेम्बरमै उहानमा कोरोनाभाइरस फैलिएको अनुमान गरिए पनि जनवरी १९ मा चीनमा नयाँवर्षका कार्यक्रमहरु आयोजना गर्न थालिए, र स्वभावत, ठूलो जनसमूह सामूहिक कार्यक्रममा भाग लिन थाले ।

उहानका स्थानीय नेताहरुले जनवरी २२ मा अर्को एउटा ठूलो सांगीतिक कार्यक्रम आयोजना गरेका थिए जसमा सहभागी संगीतकर्मी र कलाकारहरुले कार्यक्रमकै बीचमा नराम्रोसँग खोक्नु परेको थियो । यतिबेलासम्म सरकारलाई भाइरसको संक्रमण खतरानाक मोडमा पुगेको थाहै थिएन । अर्को बिहान, स्थानीयबासीले एउटा समाचार सुन्नु परेको थियो, उहान शहरलाई बाँकी विश्वबाट अलग गरिएको छ ।

प्रहरीले राष्ट्रिय राजमार्गका प्रवेशद्वारहरुमा ताला लगाएका थिए । ट्रकहरुलाई मात्र शहरका लागि आवश्यक सामग्री ल्याउन अनुमति दिइएको थियो । बस र सबवे सेवा बन्द गरिएको थियो ।

रेस्टुराँ, पसलहरु, सिनेमा र अरु व्यवसायहरु बन्द गरिए, सडकहरु सुनसान भए । मानिसहरुलाई घरभित्रै बस्न आदेश दिइयो । यी प्रतिबन्धहरु उहान नजिकका अरु शहरमा पनि लागू गरिए र योक्रम झण्डै ८० करोड मानिससम्म बिस्तार गरियो, अर्थात् चीनको झण्डै आधाभन्दा बढी जनसंख्या लकडाउनमा गए ।

उहानमा बिरामीको उपचार, भाइरसको प्रकृति र यसको नियन्त्रणका लागि व्यापक प्रयास एवं अध्ययन गरिए । एक हजारभन्दा बढी शैया रहेका दुई वटा अस्थायी अस्पतालहरु रातारात बनाइए र अर्को एउटा स्थानीय प्रदर्शन केन्द्रमा स्थापना गरियो । सयौं सैनिक सेवाका चिकित्सक र नर्सहरुलाई उहान खटाइयो । उनीहरुका साथमा धेरै टन अत्यावश्यकीय चिकित्सा सामग्री पनि पठाइयो ।

राष्ट्रपति सी चिनफिङले मार्च १० तारिखमा पहिलो पटक उहानको भ्रमण गर्नु भयो । उहाँले भाइरस नियन्त्रणका लागि भइरहेका प्रयास एवं बिरामीको उपचारमा केन्द्र सरकार पूर्ण रुपमा जनताको साथमा रहेको स्थानीयबासीलाई विश्वस्त बनाउने प्रयास गर्नु भयो । अर्को दिन, सरकारले हुबेमाथिको प्रतिबन्धहरु बिस्तारै खुकुलो बनाउन थाले, कतिपय कलकारखाना र अत्यावश्यक ठानिएका अरु व्यवसाय खुला गर्न थालियो ।

सोमबार चुहे हान्जी मलमा करिब ७५ प्रतिशत पसलहरु खुलेका छन् तर उनीहरुले मानिसको प्रवेशलाई सीमित गरेका छन् अर्थात् एक पटकमा निश्चित संख्यामा मात्र मानिसलाई यस मलभित्र प्रवेश दिइएको छ । पसलेहरुले हात धुन स्यानिटाइजर्सको व्यवस्था गरेका छन् भने मानिसमा ज्वरो त छैन भनेर जाँच्ने गरिएको छ ।
बस र सबवे शनिबारदेखि पुनः खुलेका छन् भने रेलवे चालू भएको छ । हजारौं मानिसले यी रेल र बसबाट यात्रा गर्न थालिसकेका छन् ।

उहानमा कोरोनाभाइरसका कारण दुई हजार ५४७ जनाको ज्यान गएको थियो । चीनमा आइतबारसम्म मृत्यु भएका ३ हजार १८६ जनामध्ये करिब ८० प्रतिशत उहानकै नागरिक थिए । चीनभर ८१ हजार ४७० जनामा कोरोनाभाइरसको संक्रमण भएको देखिएको थियो ।

स्थानीय चिनियाँ अधिकारीहरुलाई उद्योग, व्यवसायहरु खुला गर्न एवं पूर्ववत रुपमै संचालनमा ल्याउने व्यवस्था गर्न आदेश दिइएको छ । सँगै काममा फर्कने मानिसमा कुनै संक्रमण देखिए तत्काल उपचार समेतका अरु कार्यहरु गर्न भनिएको छ ।

यसैसाता, उहान भ्रमण गर्ने प्रत्येक व्यक्तिलाई शहरमा आउनु पर्ने कारण र कस्तो तरिकाबाट आइपुगेको हो भन्ने जानकारी गराउन भनिएको छ । होटलमा बसेका व्यक्तिमा ज्वरो भए नभएको भन्दै दिनमा कम्तीमा दुई पटक जाँच्ने व्यवस्था गरिएको छ । उनीहरुले स्मार्टफोनमा उपलब्ध एपमा आफूलाई जोड्न भनिएको छ ताकि यात्रा सहित निज व्यक्तिको स्वास्थ्य अवस्था र यात्रा बारे नियमित अनुगमन गर्न सकियोस् ।

अधिकारीहरुले पाँच वटा होटललाई उहान भ्रमण गर्नेहरुलाई क्वारेन्टाइनमा राख्नका लागि छुट्याएका छन् । यी होटलमा विदेशी नागरिक समेतलाई राखिने छ । होटलका कर्मचारीले होटलमा बस्नेहरु र उनीहरुका सामानलाई डिसइन्फेक्ट गर्नु पर्नेछ ।

बसमा यात्रा गर्न चाहने प्रत्येक यात्रुले रातो भेस्ट लगाएका स्वयंसेवीलाई स्मार्टफोनको स्वास्थ्य कोड देखाउनु पर्नेछ ।