२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सयौ अमेरिकी नागरिक बोकेर उड्यो कतार एयरवेज



अ+ अ-

काठमाडौं । नेपालमा रहेका करिव ३ सय नागरिक अमेरिकी नागरिक बोकेर कतार एयरवेजको अमेरिका उडेको छ । यो जहाज कतारको दोहा हुँदै अमेरिका जाने छ ।

नेपालमा लकडाउन लम्बिएपछि यहाँ फसेका नागरिकलाई मुलुकहरुले धमाधम फिर्ता लगिरहेका छन् । नेपाल पर्यटन बोर्डले सोमबार नेपालका विभिन्न स्थानबाट अमेरिकी नागरिकहरुलाइ काठमाडौंमा जुटाएको थियो ।

यसअघि जर्मनी र फ्रेन्च दूतावासले युरोपियन युनियनका नागतिकलाइ तीन वटा फ्लाइटबाट फिर्ता लगिएको थियो । बुधबार राती अस्ट्रेलियाले नेपाल एयरलाइन्सको जहाजमार्फत आफ्ना नागरिक फिर्ता लैजाँदैछ ।