२८ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशबाट फर्किएकाको नाम खाेज्दै भरतपुर महानगर



अ+ अ-

चितवनः

कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन भरतपुर महानगरपालिकाले आफ्नो महानगरभित्र भारत लगायत अन्य देशमा वैदेशिक रोजगारबाट फर्किएकाको नाम सङ्कलन गरेको छ ।महानगरका २९ वटै वडामा सो तथ्याङ्क सङकलन गरिएको महानगर प्रमुख रेनु दाहालका स्वकीय सचिब गोपाल न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार १५ दिन अघिदेखि महानगरमा आएकाको तथ्याङ्क लिइएको हो । उनीहरुलाई घरमा नै क्वारेन्टाइनमा बस्न र केही स्वास्थ्य समस्या आइपरेमा तत्काल अस्पतालमा जान आगह गरिएको न्यौपानले जानकारी दिनुभयो । यसका लागि महानगरपालिकाको समन्वयमा कोरोना अस्थायी अस्पताल समेत सञ्चालनमा ल्याइएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीका अनुसार सो अवधिमा २६५ जना महानगरलिकाभित्र आएका थिए । ती मध्ये सबै भन्दा धेरै १०५ जना भारतबाट स्वदेश आएका महानगरको तथ्याङ्कले देखाएको छ । भारत पछि दुबई ३४, कतार २४ , अष्ट्रेलिया १४, साउदी अरब ९ जना रहेका छन् ।

वडा नं २१ मा सबैभन्दा धेरै ३१, वडा न १६ मा २६, वडा न २४ मा १७ जना वडा न ५ मा १४ जना वैदेशिक रोजगारबाट फर्किएका रहेका छन । अन्य वडामा पनि सोही अनुपातमा विदेशबाट नेपाल फर्किएका रहेका छन् ।