१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न

देशभर ८७ जना आइसोलेसनमा, नमूना परीक्षण ल्याबहरु सातै प्रदेशमा

देशभर ८७ जना आइसोलेसनमा, नमूना परीक्षण ल्याबहरु सातै प्रदेशमा
अ अ+ अ-

काठमाडौंः

प्राणघातक कोरोनाभाइरसको महामारीबाट नेपाललाई जोगाउने उद्देश्य सहित देश यतिबेला लकडाउनमा छ । पछिल्लो समय विदेशबाट फर्किएका व्यक्तिहरुमा कोरोनाको संक्रमण देखिएको भए पनि एकिनसाथ यति मानिसमा कोरोना संक्रमण छ भन्ने आँकलन गर्न कठिन भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर एक हजार ६० वटा टेस्ट गरिएको र अहिले ८७ जना आइसोलेसनमा रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबार ब्रिफिङ गर्दै टेकुमा १० जना र उपत्यका बाहिर प्रदेश स्तरमा ७७ जनालाई आइसोलेसनमा राखिएको जानकारी दिए । यी व्यक्तिको कोविड–१९ को नमूना परीक्षण भइरहेकाले कोरोना संक्रमण भए नभएको स्पष्ट भइसकेको छैन । प्रवक्ताका अनुसार उनीहरुको रिपोर्ट एक दुई दिनभित्रै प्राप्त भइसक्ने छ ।

उनले नेपालमा हालसम्म ४ जनालाई कोरोना भएको पुष्टी भइसकेको र उनीहरुको उठबस, खानपान समेतका विषयहरु खोजतलास गर्ने कार्य भइरहेको र तीमध्ये २ व्यक्तिको “कन्टाक्ट ट्रेसिङ” सम्पन्न भएको बताए । बाँकी २ जनाको पनि “कन्टाक्ट ट्रेसिङ” कार्य ८० प्रतिशत सकिएको छ । यस अन्तर्गत संक्रमित व्यक्ति, उनीहरुका आफन्त, वरिपरिका मानिसहरु, परिवारका सदस्यहरु खोजी गरेर समेतका व्यक्तिको ट्रेसिङ गरिन्छ ।

प्रवक्ता देवकोटाले सातै प्रदेशमा पिसिआर मेसिन सहितको ल्याब स्थापना गर्ने कार्यलाई तिब्र बनाइएको बताए । उनले प्रदेश १ को धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याब स्थापना भई संचालनमा आइसकेको, पोखरामा मेसिन जडान कार्य सम्पन्न भएको पनि जानकारी दिए । धनगढीमा पुगिसकेको, जनकपुरमा आजै पुग्ने, बुटबल र सुर्खेतमा जानेक्रममा रहेको पनि उनले बताए ।

उनले भने– हरेक प्रदेशमा १३०० देखि १५०० थान पिपिई मौज्दात रहेको बताए । सबै प्रदेशमा यी सामग्री पुगेका छन् । स्वास्थ्य सेवा विभागमा पर्याप्त मौज्दात रहेका छन् । कल सेन्टर पनि सुचारु छन् । २४ घण्टामा १८०६ जनाको कललाई जवाफ दिइएको छ ।

पाटन र बीर अस्पतालमा मृत्यु भएका दुबै व्यक्तिको नमूना परीक्षण गर्दा कोरोना संक्रमण नदेखिएको उनले बताए ।

प्रवक्ता देवकोटाले ज्वरो आउनासाथ कोरोनाको संक्रमण भन्न नसकिने भएकाले निजी तथा सार्वजनिक दुबै किसिमका अस्पतालले बिरामीको उपचार गर्न आग्रह पनि गरे ।

स्वास्थ्य मन्त्रालयले हाल तीन किसिमको रणनीति अपनाएको पनि प्रवक्ता देवकोटाले जानकारी दिए । पहिलो, क्वारेन्टाइनलाई थप प्रभावकारी बनाउने । दोस्रो, नमूना परीक्षणको दायरा बढाउने । तेस्रो, अस्पतालको तयारी र व्यवस्थापन । यी तीनै रणनीतिहरु मुख्यतः बाहिरबाट नेपाल आएका व्यक्तिहरुमा बढी केन्द्रित हुने पनि उनले बताए ।