२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना रोकथाम कोषमा पूर्वराजा ज्ञानेन्द्रको २ करोड सहयोग



अ+ अ-


काठमाडौं । कोरोना संक्रमणविरुद्ध लड्नका लागि भन्दै नेपाल सरकारले हालै स्थापना गरेको कोरोना उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहले २ करोड रुपैयाँ सहयोग गर्ने जानकारी दिएका छन् । उनले सो कुराको जानकारी मंगलबार साँझ गराएका हुन् । मंगलबार सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले हिमानी कोषमार्फत् नेपाल सरकारले स्थापना गरेको कोषमा २ करोड योगदान गर्ने घोषणा गरेका हुन् ।

Hop in for a free ride with

विपद्को घडीमा सबैका साथमा साथ दिँदै हाम्रो तर्फबाट हिमानी कोषलाई दुई करोड रुपैयाँ दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौं- सो सन्देशमा भनिएको छ । यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौं,’ जारी सन्देशमा भनिएको छ ।

राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सबै पक्षबाट भइरहेको कामको प्रशंसा गर्दै पूर्वराजा ज्ञानेन्द्रले यसलाई अझै प्रभावकारी बनाउन अपिल गरेका छन् । साथै लकडाउन बाध्यात्मक अनिवार्यता भएको भन्दै यसकोे पालनामा गैह्र जिम्मेवार हुने छुट कसैलाई छैन भन्ने सबैले बुझ्नुपर्ने समेत उनले बताएका छन् ।