२८ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

काेराेना भाइरसकाे संक्रमणबाट विश्वभर ४१,००० बढीकाे मृत्यु



अ+ अ-

काेराेनाभाइरसकाे महामारीबाट मानिसकाे मृत्यु हुनेक्रम थामिएकाे छैन, खासगरी अहिले युराेप र अमेरिकामा यस राेगले ठूलै मानवीय संकट उत्पन्न गराएकाे छ ।

जाेन हप्किन्स विश्वविद्यालयकाे पछिल्लाे विवरण अनुसार विश्वभर काेराेनाकाे संक्रमणबाट ४१ हजार २३७ जनाकाे ज्यान गएकाे छ । यस महामारीबाट पछिल्लाे २४ घन्टामा ३ हजार ४६९ जनाकाे मृत्यु भएकाे छ, र यसबाट सबैभन्दा बढी इटाली र स्पेन ठूलाे संकटमा फँसेका छन् ।

इटालीमा पनि २४ घन्टाकाे अवधिमा ८३७ जना र स्पेनमा ५५३ जनाकाे मृत्यु भएकाे छ । समग्रमा इटालीमा हालसम्म १२ हजार ४२८ जना र स्पेनमा ८ हजार २६९ जनाकाे ज्यान गइसकेकाे छ । यी मृत्यु भएका व्यक्तिहरूमा खासगरी वृद्ध उमेरका र विभिन्न राेगबाट ग्रस्तहरू रहेका छन् ।

यसैगरी काेराेनाबाट संयुक्त राज्य अमेरिकामा ३ हजार ४२४ जना, चीनमा ३ हजार ३०५ जना, फ्रान्समा ३ हजार ५२३ जना, इरानमा २ हजार ८९८ जना, बेलायतमा १ हजार ७८९ जना तथा नेदरल्यान्ड्समा १ हजार ९३ जनाकाे मृत्यु भएकाे छ ।

विश्वभरकाे संक्षिप्त झलकः


मितिः २०७६ चैत १८ गते राति ११ः३१ बजे (नेपाली समयानुसार) अपडेट गरिएकाे ।