६ पुष २०८२, आईतवार
,
Latest
मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित



अ+ अ-

काठमाडौँ। बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार डा रामप्रसाद दाहाल र श्रीमती चन्दा दाहाल कोइरालालाई सयपत्री राष्ट्रिय सम्मान –२०८२ प्रदान गरेको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ  जन्मजयन्तीको सन्दर्भ पारेर  उहाँहरुलाई ताम्रपत्र, दोसल्ला र दुबोको माला तथा नगदसहितको सम्मान अर्पण गरिएको हो ।

विसं  २०५५ सालदेखि निरन्तर दिँदै आएको उक्त सम्मान यसअघि राष्ट्रकवि  माधवप्रसाद घिमिरे, कवि बैरागी काइलालगायत विशिष्ट व्यक्तित्वलाई प्रदान गरिएकामा यस वर्ष भने दाहाल दम्पतीलाई प्रदान गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा संस्थाले पनौती निवासी कवि तथा वरिष्ठ  चिकित्सक डाक्टर अनन्तप्रसाद अधिकारी र श्रीमती नर्मदा खनाल अधिकारी दम्पतीलाई पनि उक्त सम्मान अर्पण गरेको छ ।

श्रीमान्को काममा सहयोग गर्न र अगाडि  बढ्न श्रीमतीको त्यतिकै  योगदान हुने भएकाले उक्त प्रतिष्ठानले श्रीमतीसहितको जोडीलाई सम्मान गर्दै आएको छ ।

प्रतिष्ठानका अध्यक्ष  राजेन्द्र श्रेष्ठलगायतले विगत चार दशकदेखि निरन्तर रूपमा शिक्षा र साहित्यको क्षेत्रमा क्रियाशील डा दाहाल र २० वर्षदेखि स्थानीय तहमा स्वास्थ क्षेत्रमा डाक्टर अधिकारीले पु¥याएको सेवाको उच्च मूल्याङ्कन गर्दै यो सम्मान अर्पण गरिएको बताउनुभयो ।

वरिष्ठ साहित्यकार प्राडा रामप्रसाद ज्ञावलीले महाकवि देवकोटाको बहु–आयामिक व्यक्तित्व र शिक्षाविद् दाहाले सम्मानले आफूलाई अझै क्रियाशील भएर राष्ट्रसेवामा जुट्ने प्रेरणा प्राप्त भएको बताउनुभयो । रासस