१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहारको बजार -फोटो फिचर



अ+ अ-

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशी अर्थात् तिहारको पहिलो दिन धनतेरस पर्व मनाइएको छ ।

सुन, चाँदी, तामालगायत धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखेर पूजाआराधना गरी यो पर्व मनाइन्छ । धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ । तिहार नजिकिँदै गर्दा बजारमा चहलपहल बढेको छ ।

काठमाडौंको मुख्य बजार असन, इन्द्रचोक, मख्खन चोकमा अझ बढी चहलपहल देख्न सकिन्छ । तिहारका लागि चाहिने सामान किन्नेदेखि बजार हेर्न आउने मानिसको भीड छ ।

सडकदेखि पसल, घरसम्म झकिझकाउ र झिलिमिली पार्ने काम बढ्दैछ । बजारमा भाइ मसला, विभिन्न रंग, फूलमाला, कपडासम्मको रौनक छ ।

फोटो- न्यूजपोलार