२२ असार २०८३, सोमबार
,
Latest
सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

फूल लिन घरमै पुगे व्यापारी, बढ्यो मूल्य



अ+ अ-

भक्तपुर।  मखमली र सयपत्रीका माला लिन व्यापारी घरमै आउन थालेपछि तिहारको सङ्घारमा फूल र मालाको मूल्यवृद्धि भएको छ ।

फूलखेती हुने भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुदेखि चाँगुनारायण नगरपालिका–९ ताथलीसम्मका किसानले व्यापारी घरमै आउन थालेपछि राम्रो मूल्य पाएका छन् ।

आइतबारदेखि तिहार सुरु हुँदैछ । आजैदेखि तिहारको धनतेरस सुरु भएपछि बजारमा उपभोक्ताको भीड बढेको छ । भीड बढेसँगै तिहारको सङ्घारमा फूल र मालाको मूल्यवृद्धि भएपछि उपभोक्ता भने मारमा परेका छन् ।

व्यापारी बजारमा एउटा मखमलीको माला रु ८० मा बिक्री गरिरहेका छन् । गुण्डुका किसानले शुक्रबारसम्म मखमली फूलको प्रतिमाला रु २२ देखि २५ सम्ममा बिक्री गरेकामा आजदेखि किसानले प्रतिमाला रु ३० देखि ३५ मा बिक्री गरिरहेका छन् ।

गुण्डुका पुष्प व्यवसायी रामेश्वर बस्नेतले आजदेखि किसानसँग आफूले मखमली फूलको प्रतिमाला रु ३० दखि रु ३५ मा किनेको बताउनुभयो ।

सयौँ वर्षदेखि पुस्तान्तरण हुँदै मखमली फूल र मालाको उत्पादन तथा व्यापार गर्दै आएका चाँगुनारायण–९ ताथलीका वनमालाले पनि मखमलीको प्रतिमाला रु ३० मा बिक्री गरेको बताउनुभयो ।

भक्तपुरको गुण्डुमा पछिल्लो १५ वर्षयता फूल तथा माला बिक्री गर्दै आउनुभएकी मीना नगरकोटीले तिहार आएसँगै फूल र मालाको मूल्य बढेको बताउनुभयो । व्यापारी र बिचौलिया नै प्रतिस्र्धामा मूल्य बढाएर किसानको घरघरबाट फूलमाला उठाउन थालेको उहाँको भनाइ छ ।

स्थानीय उर्मिला नगरकोटी यतिखेर फूल र मालाको व्यापारबाटै एक परिवारले रु एक लाखदेखि तीन लाखसम्म आम्दानी गरेको बताउनुहुन्छ । उहाँका अनुसार गुण्डुबाट मात्रै एक वर्षमा पाँच करोडभन्दा बढीको फूल माला उत्पादन तथा बिक्री हुने गरेको बताउनुहुन्छ ।

स्थानीय अनिता बस्नेतले यस वर्ष आफ्नो साढे दुई रोपनी जग्गामा गरेको फूलखेतीबाट रु तीन लाखको आम्दानी गरेको बताउनुभयो । सयपत्री फूललाई स्थानीयले मुठा बनाएर बिक्री गर्ने गरेका छन् । चार–पाँचवटा सयपत्री फूलको मुठा पारेर एक मुठाको रु २० देखि रु २५ सम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

सयपत्री फूललाई पाथी तथा ढ्वाङमा भरेर पनि बिक्री गरिन्छ । ढ्वाङमा करिब तीन पाथीभन्दा बढी हुन्छ । हाल एक ढ्वाङको मूल्य रु सात सयसम्ममा बिक्री भइरहेको छ । यहाँबाट एकै घरबाट रु ३० हजारदेखि रु तीन लाखसम्मको सयपत्री फूल बिक्री गर्ने गरेका छन् ।

मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित पूजा पसल सञ्चालक कमलनाथ पौडेलले सयपत्री फूल किलोको रु ४५० मा आज बिक्री गरिरहेको बताउँदै मखमली फूलको माला ७० रुपैयाँमा बिक्री गरेको बताउनुहुन्छ ।

यस वर्ष लामो झरी र बर्सातका कारण सयपत्री फूल मरेर उत्पादन नै नष्ट भएपछि सयपत्री फूल महँगो भएको पुष्प व्यवसायी रामेश्वर बासीले बताउनुभयो ।

उहाँले टनेलबाहिर खुला रुपमा भएका फूलखेती सबै नष्ट भएको र टनेलमा लगाएको फूल बजारमा आएकाले फूलको मूल्यवृद्धि भएको बताउनुभयो । व्यापारीले सयपत्री फूलको माला भने लम्बाइको साइजअनुसार प्रतिगोटा रु १५० देखि ८०० सम्ममा बिक्री गरेको उहाँ बताउनुहुन्छ ।रासस