१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न

कर्णालीद्वारा ८ लाख सहयोग

कर्णालीद्वारा ८ लाख सहयोग
अ अ+ अ-

झापा । झापाको बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले विपन्न परिवारलाई राहत दिन रु आठ लाख सहयोग गर्ने भएको छ । जिल्लाका १५ वटा स्थानीय तहका विपन्न परिवारका लागि राहत अभियानमा सघाउन सहकारीले उक्त रकम दिन लागेको संस्थाका अध्यक्ष टसबहादुर प्रधानले जानकारी दिनुभयो । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले देश लकडाउन गरेपछि दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका नागरिक समस्या भएकाले सहयोग गर्न लागिएको उहाँले बताउनुभयो ।

“एकद्वार प्रणालीबाट राहत वितरण गर्ने पालिकाहरुको निर्णय रहेकाले राहत कोषमा जम्मा हुने गरी सहयोग गर्ने निर्णय भएको छ”, अध्यक्ष प्रधानले भन्नुभयो । संस्थाले झापाका १४ स्थानीय तहलाई रु ५० हजारका दरले र संस्थाको मुख्य कार्यालय रहेको बिर्तामोड नगरपालिकालाई रु एक लाख सहयोग दिने जनाएको छ । २० वटा शाखामार्फत वित्तीय सेवा दिँदै आएको कर्णालीमा ३३ हजार सदस्य आवद्ध छन् ।

कोरोना कोषमा २ लाख ७५ हजार सहयोग

झापाको कनकाई नगरपालिकाले स्थापना गरेको कोरोना सङ्क्रमण न्यूनीकरण तथा व्यवस्थापन कोषमा विभिन्न व्यक्ति एवं सङ्घसंस्थाले रु दुई लाख ७५ हजार सहयोग गरेका छन् । नगरपालिकाले स्थापना गरेको कोषमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० कनकाई नगर कमिटीले रु ५१ हजार, रोटरी क्लब कनकाईले रु एक लाख एक हजार र हङकङमा रहेका कनकाई सुरुङ्गा निवासी युवा रभी श्रेष्ठले रू एक लाख २३ हजार दिएका छन् ।

नेकपा कनकाई नगर अध्यक्ष रवीन्द्र लम्सालले कोरोनाको सङ्क्रमणबाट बच्न र अतिविपन्न परिवारलाई राहत दिन नगरपालिकाले स्थापना गरेको कोषमा रकम सहयोग गरेको बताउनुभयो । लकडाउनका कारण खान धौधौ भएका नागरिकलाई यथासक्य चाँडो राहत दिन उहाँले अनुरोध गर्नुभयो ।

नगरपालिकाको विपद्मा रहेकालाई सहयोग गर्न महारामारी नियन्त्रण गर्न राहत कोष स्थापना गरेकाले संस्थाले होस्टेमाहँैसे गर्न रकम दिएको रोटरी क्लब कनकाईका अध्यक्ष कुमारमणि पोखरेलले बताउनुभयो । “विपद् परेका बेला सहयोग गर्न संस्था हरदम तयार छ”, उहाँले भन्नुभयो ।

मङ्गलबार कनकाई नगरपालिकाले रु ३० लाखको विपद् व्यवस्थापन कोष स्थापना गरेको छ । उक्त रकममा यहाँका जनप्रतिनिधिको एक महिनाको पारिश्रमिक र कर्मचारीबाट प्राप्त गरी करिब रू पाँच लाख रकम थप गरिएको नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । “कोषमा जम्मा भएको रकमबाट पीडितको औषधि उपचार तथा राहत सामग्री वितरण गर्नेछौँ”, नगरप्रमुख पोखरेलले भन्नुभयो, “कोषमा सहयोग गर्न चाहने सङ्घसंस्था, व्यक्ति एवं सबै सहयोगी हातहरुलाई अनुरोध गर्दछु ।”

कोरोना विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्न चाहनेले नगरपालिकाको नेपाल बैंक सुरुङ्गा शाखामा रहेको खात नं १४७०३००००००००५००४००२ मा जम्मा गर्न सकिने नगरपालिकाले जनाएको छ । कोषको रकमको खर्च पारदर्शी बनाउन नगरपालिकाको वेब साइटमा सार्वजनिकीकरण गर्ने व्यवस्था मिलाइएको नगरप्रमुख पोखरेलले बताउनुभयो ।

लकडाउनको समय लम्बिएसँगै नगरमा रहेका विपन्न परिवार भोकभोकै रहनुपर्ने अवस्था आउन नदिन नगरपालिकाले भोलि÷पर्सीदेखि नै राहत प्याकेज ल्याउने भएको छ । “अहिले नै खान समस्या भएका परिवारलाई जनप्रतिनिधि र टोल समिति परिचालन गरेर राहत दिने काम भइरहेको छ”, नगरप्रमुख पोखरेलले भन्नुभयो, “सबैले समान रुपमा राहत पाउन् भनेर एकद्वार प्रणालीबाट राहत वितरण गर्न लागिएको छ ।”

एकद्वार प्रणालीबाट नगरपालिकाबाटै राहत वितरण गरिने भएकाले आफूखुशी राहत नबाँड्न नगरपालिकाले सबैलाई अनुरोध गरेको छ । सहयोग गर्न चाहनेले नगरपालिकामा सम्पर्क गरेर राहत उपलब्ध गराउन र समस्यामा परेका परिवारलाई नगरपालिकामार्फत वितरण गर्न अनुरोध गरेको हो ।

कोभिड–१९ को सङ्क्रमण हुन नदिन नगरपालिकाले ४० बेडको क्वारेन्टाइन निर्माण गरेको छ । शङ्कास्पद बिरामीलाई राख्नका लागि खानेबस्नेदेखि इन्टरनेट (वाइफाइ) सहितको सुविधासहितको क्वारेन्टाइन निर्माण गरिएको नगरपालिकाका कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत पिताम्बर गौतमले जानकारी दिनुभयो । क्वारेन्टाइनमा चाहिने आवश्यक खाद्यान्न सहयोग सहारा नेपाल साकोसले गरिरहेको छ । नगरपालिकाले नगरप्रमुखको संयोजकत्वमा विपद् व्यवस्थापन समिति र कार्यविधि बनाएको छ भने विपन्न परिवारको लगतसमेत सङ्कलन गरिरहेको छ ।