३० कार्तिक २०८२, आईतवार
,
Latest
घनश्याम भुसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियानमा को–को छन् ? निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै २१ औँ राष्ट्रिय कफी दिवसः मागअनुसार उत्पादन नहुँदा कफीको आयातमा वृद्धि, २३० मे.टन कफी आयात यो सरकार ओली र लेखक थुन्नुलाई नै सुशासन ठानिरहेको छ, हामी बिना पैसा कलाबिहीन नाटक… ओलीको प्रश्न: यो सरकार कसको हो ? भारत १५ वर्षपछि घरेलु मैदानमा दक्षिण अफ्रिकासँग पराजित, १२४ रन पछ्याउन सकेन भगवान शिव र दक्ष प्रजापतिको कथाबाट सिक्न सकिने पाठः हाम्रो स्वभावमा अहंकार कसरी आउँछ ? संसद विघटनको प्रभावः अर्थतन्त्रसँग जोडिएका दर्जन बढी विधेयक प्रभावित अन्तरिक्षबाट फर्किएका ४ मुसासहित वैज्ञानिक नमूनाहरू चिनियाँ अनुसन्धान टोलीलाई हस्तान्तरण लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वविद्यालयले अनुसन्धानमा ध्यान दिनुपर्छः मुख्यमन्त्री कार्की



अ+ अ-

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मनमोहन विश्वविद्यालयले मुलुकको समृद्धिलाई ध्यान दिई अनुसन्धान कार्यक्रमतर्फ जोड दिनुपर्ने बताउनुभएको छ ।

मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विश्वविद्यालयको पाँचौँ सभाको आज उद्घाटन गर्दै उहाँले शैक्षिक र उत्पादनमुलुक अनुसन्धान कार्यक्रमले मुलुकको समग्र विकास हुने भएकाले यसतर्फ विशेष ध्यान जानुपर्ने विचार राख्नुभयो ।

मुख्यमन्त्री कार्कीले विश्वविद्यालयको स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रमलाई प्रदेश सरकारअन्तर्गतको धनकुटा अस्पतालमा केन्द्रित  गर्न आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा विश्वविद्यालयलाई स्वायत्त संस्थाका रुपमा राखी थप बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसँगको सहकार्यमा केही समयपछि ‘कोशी मोबाइल अस्पताल’ तराईका तीन जिल्ला सञ्चालन गर्ने र क्रमशः प्रदेशका अन्य जिल्लामा विस्तार गर्दै जाने जानकारी गराउनुभयो । उहाँले मुलुकमा सुशासन र भ्रष्टाचार नियन्त्रण हुनुपर्छ भन्दै नेपाली झण्डा ओढेर सरकारी, निजी सम्पत्ति नष्ट गर्ने कार्य गलत भएको विचार राख्नुभयो ।

मुख्यमन्त्री कार्कीले पहाडी क्षेत्रबाट तराईमा बसोबास सर्ने कार्यको नियन्त्रणका लागि सरकारले स्वास्थ्य, शिक्षा र पर्यटकीय क्षेत्रको विकासमा विशेष ध्यान दिने बताउनुभयो ।

विश्वविद्यालयका उपकुलपति डा सुषाश्री पोखरेलले विश्वविद्यालयले विभिन्न आयुर्वेदिक औषधि उत्पादनका लागि अनुसन्धान सुरु गरेको जानकारी गराउनुभयो । रासस