११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन
अ अ+ अ-

धनुषा। मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले शुक्रबार राति जनकपुरधामको सोनारपट्टिस्थित सुनचाँदी पसलमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मार्ने क्रममा भएको विवादसम्बन्धी घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न निर्देशन दिनुभएको छ ।

उक्त घटनामा जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि भएको कुटपिटको घटनाप्रति चासो व्यक्त गर्दै उहाँले सुरक्षा निकायलाई सत्यतथ्य छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न निर्देशन दिनुभएको हो ।

आज अस्पताल पुगेर घाइते हुनुभएका अध्यक्ष भण्डारीसँग भेटेपछि मुख्यमन्त्री सोनलले प्रदेश प्रहरीप्रमुखलाई सम्पर्क गरी घटनाको विवरण लिनुका साथै सत्यतथ्य छानबिन गर्न र दोषीलाई कानुनी दायरामा ल्याई आवश्यक कारबाही गर्न निर्देशन दिनुभयो ।

शुक्रबार राति सुनचाँदी पसलमा कार्यालयको टोलीले छापा मार्ने क्रममा व्यापारीहरूसँग भएको विवादका क्रममा प्रहरी र सुनचाँदी व्यवसायीबीच झडप हुँदा अध्यक्ष भण्डारी घाइते हुनुभएको थियो ।

दीपावलीको समयमा राति अचानक छापा मारेर व्यवसायमा हस्तक्षेप गर्नु अन्यायपूर्ण भएको भन्दै प्रतिकार गर्ने क्रममा विवाद चर्किएको र स्थिति तनावपूर्ण बनेको स्थानीय सुनचाँदी व्यापारी पवन ठाकुरले जानकारी दिनुभयो ।

प्रहरीले आफूहरू सूचनाअनुसार अनुगमनमा गए पनि केही व्यवसायी आक्रामक बनेपछि स्थिति नियन्त्रण गर्नुपरेको जनाएको छ । अध्यक्ष भण्डारीको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । चिकित्सकहरूले उहाँको स्वास्थ्य अवस्था मध्यम रहेको जनाएका छन् ।

मुख्यमन्त्री सोनलले घटनालाई गम्भीर रूपमा लिएर छानबिन गर्न सुरक्षा निकायलाई आग्रह गर्दै व्यापारी तथा आमसमुदायलाई कानुनी संरक्षण र शान्ति, सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभयो । रासस