१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न

यी हुन् कोरोनाको उपचार पाइने देशैभरका अस्पताल

यी हुन् कोरोनाको उपचार पाइने देशैभरका अस्पताल
अ अ+ अ-

काठमाडौँ । नेपाल सरकारले कोरोनासम्बन्धी उपचार गर्नका लागि देशैभरका अस्पताल छुट्याएको छ । सबै प्रदेशमा समेत रहेका ती अस्पतालको सूची सरकारले आज सार्वजनिक गरेको हो।

सो सूचीमा काठमाडौंमा भने शुक्रराज ट्रफिकल तथा सरूवा रोग अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, कीर्तिपुरमा रहेको आयर्वेद रिसर्च सेन्टर र नेपाली सेनाको अस्पताल रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा सार्वजनिक गरिएको सूचीमा जनाइएको छ।

नेपालका विभिन्न प्रदेशहरूका अस्पतालहरु निम्न छन् :

१. प्रदेश नम्बर १

मेची अस्पताल

उदयपुर अस्पताल

२. प्रदेश नम्बर २

जनकपुर अस्पताल

बारा अस्पताल

३. बागमती प्रदेश

भक्तपुर अस्पताल

सिन्धुली अस्पताल

४. गण्डकी प्रदेश

धौलागिरी अस्पताल

गोरखा अस्पताल

५. प्रदेश नम्बर ५

लुम्बिनी अस्पताल

तम्घास अस्पताल

६. कर्णाली प्रदेश

सुर्खेत अस्पताल

दैलेख अस्पताल

७. सुदूरपश्चिम प्रदेश

सेती अस्पताल

महाकाली अस्पताल

यस्तै, सातै प्रदेशभित्र रहेका प्रदेशस्तरीय ६३ वटा अस्पतालबाट पनि सेवा लिन सकिने मन्त्रालयले जनाएको छ ।

प्रदेश १ जिल्ला स्तरीय अस्पताल १३ वटा, प्रदेश नम्बर २ मा पाँच वटा, बागमती प्रदेशमा १० वटा, गण्डकी प्रदेशमा १० वटा, प्रदेश नम्बर ५ मा ९ वटा, कर्णाली प्रदेशमा ८ वटा, सुदुरपश्चिम प्रदेशमा ८ वटा अस्पताल छन्।

साथै सरकारले मेडिकल कलेजहरूबाट पनि सेवा लिन सकिने गरी व्यवस्था मिलाएको छ।

वीपी कोइराला विज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स चितवन, गण्डकी मेडिकल कलेज पोखरा, जानकी मेडिकल कलेज, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौं मेडिकल कलेज, किष्ट मेडिकल कलेज, धुलिखेल अस्पताल, लुम्बिनी मेडिकल कलेज, मनिपाल मेडिकल कलेज, नेशनल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, नोबल मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल, युनिभर्सल मेडिकल कलेजमा पनि यो सेवा लिन सकिनेछ ।