१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न

गभर्नर नियुक्ती कहिले ?

गभर्नर नियुक्ती कहिले ?
अ अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर रिक्त भएको आज दुई साता भएको छ । बैंक ऐन, २०५८ मा नयाँ गभर्नरको छनौट बहालरतको म्यादसकिनु एक महिना अगावै गर्न सकिने व्यवस्था छ । तरपनि सरकारले त्यसबमोजिम नियुक्तीको पहल गरेको समेत देखिएन । अर्थमन्त्रीले दोस्रो पटक पदभार ग्रहण गरेको अवसरमा चैत पाँच गतेभित्रै नयाँ गभर्नरको नियुक्ती भइसक्ने बताएका थिए । त्यो पनि कार्यान्वयन भएन । यसबीचमा कोरोना संक्रमण रोक्न सरकारले नौ दिन अघिदेखि मुलुक लकडाउन गरेको छ । अत्यावश्यक बाहेक राज्यको सबै संयन्त्र ठप्प छ । तर, फुर्सदमा हात बाँधेर बस्ने र आपत्मा हतारिने प्रवृत्तिलाई पच्छाउँदै पछिल्लो मन्त्रीपरिषद् बैठकले गभर्नर नियुक्तीको प्रक्रियालाई अघि बढाएको छ ।

अर्थमन्त्रीको संयोजकत्वमा पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व सचिव कृष्णहरी बाँस्कोटा रहेको गभर्नर सिफारिश समितिले तीनजनाको नाम छनौट गर्नेछ । लकडाउनका कारण उक्त समितिको बैठक तत्काल बस्ने सम्भावना देखिँदैन । समितिका सदस्यलाई सरकारले आजसम्म औपचारिक पत्र समेत दिन सकेको छैन । अर्कोतर्फ, लकडाउनको अवधि २५ चैतभन्दा पछाडिसम्म पनि धकेलिने सम्भावना छ । त्यस्तो अवस्थामा समितिको गठन नै बैशाखको पहिलो साताभन्दा अगाडि हुने छाँटकाँट देखिँदैन । बैशाख १४ गते बैंकको वार्षिकोत्सव पर्दछ । सरकारले गभर्नर नियुक्तीमा ढिलाई गरेमा बैंकको आगामी वार्षिकोत्सव कार्यक्रम कायम मुकायम गभर्नरबाट सम्पन्न हुनेछ ।

सिफारिश समितिको गठनसँगै बजारमा आकांक्षीहरूको चर्चा हुन थालेको छ । यतिखेर बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारी र पूर्व कार्यकारी निर्देशक डा। गोबिन्दबहादुर थापाको नाम अगाडी देखिएको छ । अर्थमन्त्रालय स्रोतले भने पूर्व राजश्व सचिव तथा प्रधानमन्त्रीका आर्थिक विकास सल्लाहकार लालशंकर घिमिरे र पूर्व अर्थसचिव राजन खनाल पनि गभर्नरको दौडमा रहेको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षअघि आन्तरिक छलफलको सन्दर्भमा बैंकको गभर्नरमा चिरञ्जीवी नेपालको सट्टा अनुभवी र पूर्व एमाले क्याडर भएको भए आफूलाई सजिलो हुने बताएका थिए । त्यसको आधारमा पनि शिवाकोटी, अधिकारी र थापामध्ये एकजनाले गभर्नरमा नियुक्ती पाउने सम्भावना प्रबल देखिन्छ ।