२८ भाद्र २०८३, आईतवार
,
Latest
अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको सहयोग रसुवालाई



अ+ अ-

रसुवा । कोभिड –१९ नियन्त्रण र रोकथाममा सहयोग पुर्याउन चीनले छिमेकी जिल्ला रसुवालाई स्वास्थ्यका सामान उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार चीनको जिलोङ प्रान्तले रोग नियन्त्रणमा प्रयोग हुने १५ प्रकारका सामग्री जिल्लालाई प्रदान गरेको हो ।

ती सामग्रीमा पिपिई एक सय, डिस्पोजेवल गाउन एक सय, आई प्रोटेक्सन गगल्स एक सय, डिस्पोजेवल हेड कभर दुई सय, एन ९८ मास्क चार सय, डिस्पोजेवल मास्क एक हजार, स्यानिटाइजर ८०, इन्फारेट थर्मोमिटर चौध, सर्जिकल ग्लोव (पञ्जा) आठ सय, स्किन अल्कोहल स्प्रे पचास वटा छन् ।

यस्तै डिसइन्फेक्एयन्ट लिक्विड ५०० मिलिलिटरको साठी, दुई दशमलव पाँच लिको दश बोतल र २५ केजीको दुई व्याग, स्प्रे चार बोतल एवं ७५ प्रतिशत मेडिएल अल्कोहल ५०० मिलिलिटरको पाँच बोतल रहेको सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भटृराईले जानकारी दिनुभयो ।

चिकित्सा सामग्री नेपालको उत्तरी नाका रसुवागढीको मितेरीपुलबाट चीनको स्वशासित क्षेत्र तिब्बत, जिलोङ काउण्टी (केरूङ क्षेत्र हेर्ने प्रशासन) ले प्रजिअ भण्डारीलाई हस्तान्तरण गरेको बताइएको छ । जिल्लालाई प्राप्त ती सामग्री रसुवामा निर्मित क्वारेन्टाइन र आइसोलेशन कक्षमा राखिएको छ ।

यसै गरी कोरोना भाइरस नियन्त्रणमा सहयोग पुर्याउन रसुवाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सदस्य मोहन आचार्यले पनि व्यक्तिगत रूपले जिल्ला विपद् व्यवस्थापन समितिलाई सामग्री सहयोग गर्नु भएको छ । सांसद आचार्यबाट प्राप्त सामग्रीमा पिपिई ३५ थान, डिस्पोजेवल मास्क पाँच हजार, सर्जिकल ग्लोब अर्थात् पञ्जा तीन सय पचास एवं स्यानिटाइजर १४ वटा रहेको सहायक प्रजिअ भटृराईले जानकारी दिनुभयो ।