२२ असार २०८३, सोमबार
,
Latest
टेरामक्स प्रकरण: पूर्वमन्त्री बस्नेत सहित केहीलाई सफाई ,तीन जनालाई कैद सजाय र जरिवाना सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा विश्वविद्यालयबाट पहिलोपटक एआइ विषयमा स्तानक कार्यक्रम सञ्चालन



अ+ अ-

काठमाडौँ। पोखरा विश्वविद्यालयले पहिलोपटक आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र तथ्याङ्क विज्ञान विषयमा स्तानक तहको कार्यक्रम (बिएआइडिएस) सुरु गरेको छ ।

सो विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा काठमाडौँ उपत्यकामा सञ्चालित ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्याम्पसले यस शैक्षिक सत्रबाट उक्त विषयमा भर्ना खोलेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । विश्वविद्यालयका विज्ञान तथा प्रविधि सङ्कायका डीन सह प्रा बुद्धिराज जोशीले बजारकोे आवश्यकता र समयको मागलाई सम्बोधन गर्दै एआई विषयमा अध्यापन गराउने निर्णय भएको जानकारी दिनुभयो ।

विश्वविद्यालयको अन्तरराष्ट्रिय सम्बन्धन केन्द्रका कार्यकारी निर्देशक सह प्रा डा दीपाञ्जल श्रेष्ठले एआईका क्षेत्रमा बजारमा आवश्यकभन्दा न्यून जनशक्ति रहेको अवस्थामा विश्वविद्यालयले आङ्गिक क्याम्पसबाट यो कार्यक्रम सुरु गरेको बताउनुभयो। विगतमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेको श्रमिक शान्ति कलेजको शैक्षिक व्यवस्थापन अबदेखि पोखरा विश्वविद्यालयले गर्ने भएको हो ।

कलेजले कम्प्युटर विज्ञान र सूचना प्रविधि विषयमा स्नातक (बिसिएसआइटी) र मानविकी सङ्कायमा कानुनको स्नातक (बिएआइएलबी) पनि सुरु गरेको छ । यी कार्यक्रममा प्रतिकोर्स रु चार लाख ३० हजारदेखि रु चार लाख ९२ हजारसम्म शुल्क निर्धारण गरिएको र २० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा पढाइने विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन डा सुरेन्द्र तिवारीले बताउनुभयो ।

विश्वविद्यालयका उपप्रशाक सानु घलेका अनुसार विश्वविद्यालयमा पाँच आङ्गिक क्याम्पस, तीन संयुक्त आङ्गिक क्याम्पस र ५८ सम्बन्धन प्राप्त क्याम्पसमा गरी करिब ४० हजार विद्यार्थी रहेका छन् ।रासस




भर्खरै