१७ भाद्र २०८३, बुधबार
,
Latest
घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छ लाख ७५ हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्तिसुरक्षाको अनुभूति हुनेगरी काम गर्न मुख्यमन्त्री सोनलद्वारा निर्देशन



अ+ अ-

धनुषा। मधेस प्रदेशका मुख्यमन्त्री जीतेन्द्रप्रसाद सोनलले प्रदेशमा शान्ति, सुव्यवस्था कायम गर्दै आमनागरिकमा सुरक्षाको अनुभूति हुनेगरी काम गर्न सरोकार भएकालाई निर्देशन दिनुभएको छ ।

आज जनकपुरधाममा आयोजित प्रदेशका सुरक्षा निकायका प्रमुख, प्रदेश सरकारका प्रमुख सचिव, सचिव तथा सरोकार भएकाहरूसँगको बैठकमा उहाँले जनतालाई सरल, पारदर्शी रूपमा शीघ्र सेवा प्रवाह गर्न सरोकार भएका सबैलाई आग्रह गर्नुभयो ।

उहाँले पछिल्लो समयमा जेनजी पुस्ताबाट भएको प्रदर्शनको मर्मअनुसार सुशासनसहित छिटोछरितो रूपमा सेवा प्रवाह गर्नु सरकारको दायित्व भएकाले सोहीअनुसार गतिविधि सञ्चालन गर्न सबै मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभयो ।

मुख्यमन्त्री सोनलले प्रदेश सुरक्षा निकायअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख, प्रदेश सरकारका प्रमुख सचिव, मन्त्रालयका सचिवलगायतसँग छलफल गर्नुभयो । बैठकमा बिनाविभागीय मन्त्री महेशप्रसाद यादव र कनिश पटेलको पनि उपस्थिति थियो । रासस