२४ कार्तिक २०८२, सोमबार
,
Latest
दिल्लीमा शक्तिशाली विष्फोट: ८ जनाको मृत्यु, २४ घाइते सञ्चारमन्त्री खरेलद्वारा राष्ट्रिय एआई केन्द्रको उद्घाटन संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा शर्मा चित्रकार प्रधानको एकल चित्रकला प्रदर्शनी स्वास्थ्य बिमा कार्यक्रमका समस्याको तत्काल समाधान गरिन्छ : स्वास्थ्यमन्त्री गौतम जुडो टोली जापान जाँदै प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल चलचित्र क्षेत्रको विकासका लागि सरकारले नीतिगत पहल गर्नेछः सञ्चारमन्त्री खरेल झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनु सरकारको प्राथमिकताः मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्तिसुरक्षाको अनुभूति हुनेगरी काम गर्न मुख्यमन्त्री सोनलद्वारा निर्देशन



अ+ अ-

धनुषा। मधेस प्रदेशका मुख्यमन्त्री जीतेन्द्रप्रसाद सोनलले प्रदेशमा शान्ति, सुव्यवस्था कायम गर्दै आमनागरिकमा सुरक्षाको अनुभूति हुनेगरी काम गर्न सरोकार भएकालाई निर्देशन दिनुभएको छ ।

आज जनकपुरधाममा आयोजित प्रदेशका सुरक्षा निकायका प्रमुख, प्रदेश सरकारका प्रमुख सचिव, सचिव तथा सरोकार भएकाहरूसँगको बैठकमा उहाँले जनतालाई सरल, पारदर्शी रूपमा शीघ्र सेवा प्रवाह गर्न सरोकार भएका सबैलाई आग्रह गर्नुभयो ।

उहाँले पछिल्लो समयमा जेनजी पुस्ताबाट भएको प्रदर्शनको मर्मअनुसार सुशासनसहित छिटोछरितो रूपमा सेवा प्रवाह गर्नु सरकारको दायित्व भएकाले सोहीअनुसार गतिविधि सञ्चालन गर्न सबै मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभयो ।

मुख्यमन्त्री सोनलले प्रदेश सुरक्षा निकायअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख, प्रदेश सरकारका प्रमुख सचिव, मन्त्रालयका सचिवलगायतसँग छलफल गर्नुभयो । बैठकमा बिनाविभागीय मन्त्री महेशप्रसाद यादव र कनिश पटेलको पनि उपस्थिति थियो । रासस