११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

कांग्रेस बैठकमा महाधिवेशन र निर्वाचनका विषय छलफल जारी

कांग्रेस बैठकमा महाधिवेशन र निर्वाचनका विषय छलफल जारी
केन्द्रीय समितिको बैठक ललितपुर, ३१ असोजः शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठक । तस्बिरः गोपाल दाहालरासस
अ अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशन र आगामी फागुन २१ गते निर्धारण गरिएको आमनिर्वाचनका विषयमा बहस भइरहेको छ ।

कांग्रेसको वर्तमान केन्द्रीय समितिको नियमित चारवर्षे कार्यकाल आगामी मङ्सिरमा सम्पन्न हुँदैछ भने गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि गठन भएको वर्तमान अन्तरिम सरकारले आगामी फागुन २१ गते आमनिर्वाचन घोषणा गरेको छ ।

यही असोज २८ गतेदेखि जारी बैठकमा पहिलो दिन पार्टी सभापति शेरबहादुर देउवाले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिलगायत विविध विषयमा विशेष सम्बोधन गर्नुभएको थियो । उहाँले विधानअनुसार पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने आग्रह गर्दै आफूले वैधानिक व्यवस्था र राजनीतिक इच्छाअनुसार १५औँ महाधिवेशनमा विधिवत् नेतृत्व हस्तान्तरण गर्ने बताउनुभएको थियो ।

साथै सभापति देउवाले स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्नेगरी तोक्नुभएको छ । उहाँले सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा मुलुकलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हुने धारणासमेत राख्नुभएको थियो ।

बैठकको दोस्रो दिन (असोज ३० गते) कावा सभापति खड्काको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा उहाँले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराउनुभएको थियो भने महामन्त्री गगनकुमार थापाले विभिन्न १० प्रस्तावहरू प्रस्तुत गर्नुभएको थियो ।

दोस्रो दिनको बैठकमा नेता डा शेखर कोइरालासहित सात केन्द्रीय सदस्यले धारणा राख्नुभएको थियो । कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका प्रमुख प्रतिस्पर्धी नेता डा कोइरालाले वर्तमान सरकारद्वारा घोषित निर्वाचनमा सबै नेपाली सहभागी हुने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको थियो । साथै उहाँले जनताको घरदैलोमा पुग्ने निर्वाचनको अवसरलाई कांग्रेसले उत्साहपूर्वक अग्रपङ्क्तिमा उभिएर अघि बढ्नुपर्ने उल्लेख गर्नुभएको थियो ।

बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीको विशेष महाधिवेशन गर्नुपर्ने र विधानअनुसार नियमित महाविधेशन गर्नुपर्ने विषयमा आ–आफ्ना धारणा राख्ने क्रम जारी छ । त्यस्तै निर्वाचनका सन्दर्भमा पनि सरकारले सुरक्षाको वातावरण बनाएमा निर्वाचनमा जानुपर्ने, प्रतिनिधिसभा पुनःस्थापनामा लाग्नुपर्ने, सर्वाेच्च अदालतको व्याख्याअनुसार अघि बढ्नुपर्नेलगायत फरकफरक विषयमा छलफल जारी रहेको नेता अर्जुनप्रसाद जोशीले जानकारी दिनुभयो ।

आज तेस्रो दिनको बैठकमा केन्द्रीय सदस्य, आमन्त्रित सदस्य र प्रदेश सभापति गरी २५ जनाले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको छ । बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा डिला सङ्ग्रौला, डा गोपाल दहित, सञ्जयकुमार गौतम, मानबहादुर नेपाली, गोविन्दबहादुर शाह, महिन्द्रकुमारी लिम्बू, डा चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, सरस्वती बजिमय, मुक्ताकुमारी यादव, कान्तिका सेजुवाल, दिनेश कोइराला, सुशीला थिङ र भरतकुमार शाहले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको छ ।

नेता बडूले पार्टी विधानअनुसार आगामी मङ्सिरभित्रै पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्न सर्वसम्मत कार्यतालिका पारित गरी अघि बढ्न आग्रह गर्नुभयो । उहाँले अन्य पार्टीहरूलाई यथासमयमा रुपान्तरणसहित पूर्ण तयारी एवं स्पष्ट चुनावी एजेन्डासहित नयाँ, स्वच्छ र सक्षम नेतृत्वका साथ निर्वाचनमा प्रतिस्पर्धाका लागि लाग्नुपर्ने धारणा राखेको जानकारी गराउनुभयो । आज आमन्त्रित सदस्य नारायणी रायमाझी तथा आमन्त्रित प्रदेश सभा

पतिहरू उद्धव थापा (कोशी), शुक्रराज शर्मा (गण्डकी), ललितजङ्ग शाही (कर्णाली) र वीरबहादुर बलायर (सुदूरपश्चिम)ले आ–आफ्नो धारणा राख्नुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा विभिन्न १० वटा प्रस्तावमा धारणा राख्ने क्रम जारी रहेकाले कार्यसमितिको बैठक भोलि दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्यसचिव पौडेलले बताउनुभयो । रासस